भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भक्तपुरका एक शिक्षक विद्यार्थीको अश्लील फोटो बनाएको आरोपमा पक्राउ

भक्तपुरका एक शिक्षक विद्यार्थीको अश्लील फोटो बनाएको आरोपमा पक्राउ

भक्तपुर। भक्तपुरका एक शिक्षक विद्यार्थीको नक्कली अश्लील फोटो बनाएर सामाजिक सञ्जालमा राखेको आरोपमा पक्राउ परेका छन् । प्रहरीको साइबर ब्यूरोले विद्यार्थीको फोटोलाई अश्लील तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा हालेको आरोपमा शिक्षक अतुल प्रजापतीलाई पक्राउ गरेको हो ।

विद्यालयको अतिरिक्त क्रियाकलापमा सहभागी हुने बेलाका फोटोलाई प्रयोग गरेर उनले अश्लील तस्वीर बनाएको भन्दै पीडितका अभिभावकले साइबर ब्यूरोमा जाहेरी दिएका थिए । पीडितको तस्वीर राख्दै उनले अश्लील स्ट्याटस समेत लेखेको जाहेरीमा उल्लेख छ ।

यसरी पीडितलाई बदनाम गर्ने, मानसिक तनाव र दुःख दिएर बेइज्जती गरेको भन्दै प्रजापतिविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा कारबाही गर्न माग गरिएको थियो । साइबर ब्यूरोले अनुसन्धानपछि उनीविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा चलाउन भन्दै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ ।

 


Thali Mobile Pvt.Ltd.