भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुरका एक शिक्षक विद्यार्थीको अश्लील फोटो बनाएको आरोपमा पक्राउ

भक्तपुरका एक शिक्षक विद्यार्थीको अश्लील फोटो बनाएको आरोपमा पक्राउ

भक्तपुर। भक्तपुरका एक शिक्षक विद्यार्थीको नक्कली अश्लील फोटो बनाएर सामाजिक सञ्जालमा राखेको आरोपमा पक्राउ परेका छन् । प्रहरीको साइबर ब्यूरोले विद्यार्थीको फोटोलाई अश्लील तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा हालेको आरोपमा शिक्षक अतुल प्रजापतीलाई पक्राउ गरेको हो ।

विद्यालयको अतिरिक्त क्रियाकलापमा सहभागी हुने बेलाका फोटोलाई प्रयोग गरेर उनले अश्लील तस्वीर बनाएको भन्दै पीडितका अभिभावकले साइबर ब्यूरोमा जाहेरी दिएका थिए । पीडितको तस्वीर राख्दै उनले अश्लील स्ट्याटस समेत लेखेको जाहेरीमा उल्लेख छ ।

यसरी पीडितलाई बदनाम गर्ने, मानसिक तनाव र दुःख दिएर बेइज्जती गरेको भन्दै प्रजापतिविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा कारबाही गर्न माग गरिएको थियो । साइबर ब्यूरोले अनुसन्धानपछि उनीविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा चलाउन भन्दै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ ।

 


Thali Mobile Pvt.Ltd.