भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

रुसको जन्मदर ‘सङ्कटपूर्ण’ अवस्थामा

रुसको जन्मदर ‘सङ्कटपूर्ण’ अवस्थामा

काठमाडौैंं । रुसले जन्मदर ‘सङ्कटपूर्ण’ अवस्थामा रहेको र घट्दो जन्मदरलाई उल्ट्याउन कडा प्रयास गरिरहेको जनाएको छ । ‘सङ्कटपूर्ण’ जनसाङ्ख्यिकी प्रवृत्तिले देशको भविष्यलाई जोखिममा पारिरहेको क्रेमलिनको विश्लेषण छ ।

सोभियत सङ्घको पतनपछि रुसले वृद्ध जनसङ्ख्या, युक्रेनमा द्वन्द्वका कारण पुरुषहरूको बहिर्गमन र १७ वर्षमा सबैभन्दा कम प्रजनन दरजस्ता धेरै जनसाङ्ख्यिकीय चुनौतीको सामना गर्दै आएको छ । त्यहाँ प्रतिमहिला जन्म एक दशमलव चार रहेको छ । यो युरोपेली देश र जापानको बराबर हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भविष्यका लागि अहिलेको जन्मदर सङ्कटपूर्ण रहेको बताउनुभएको छ । सन् १९९१ मा सोभियत सङ्घको विघटनको समयमा रुसको जनसङ्ख्या झण्डै १४ करोड ८० लाख थियो । यो सन् १९९० को दशकमा उच्च मृत्यु र कम जन्मको लामो अवधिपछि अहिले झण्डै १४ करोड ४० लाख छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले ठूला परिवारलाई विभिन्न अनुदानको प्रस्ताव गरेपनि जन्मदरमा उल्लेख्य सुधार हुन नसकेको समाचार संस्था एएफपीले जनाएको छ । सन् २०४० को दशकसम्ममा रुसको जनसङ्ख्या १३ करोडसम्ममा झर्न सक्ने विज्ञको अनुमान छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.