DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

रुसको जन्मदर ‘सङ्कटपूर्ण’ अवस्थामा

रुसको जन्मदर ‘सङ्कटपूर्ण’ अवस्थामा image

काठमाडौैंं । रुसले जन्मदर ‘सङ्कटपूर्ण’ अवस्थामा रहेको र घट्दो जन्मदरलाई उल्ट्याउन कडा प्रयास गरिरहेको जनाएको छ । ‘सङ्कटपूर्ण’ जनसाङ्ख्यिकी प्रवृत्तिले देशको भविष्यलाई जोखिममा पारिरहेको क्रेमलिनको विश्लेषण छ ।

सोभियत सङ्घको पतनपछि रुसले वृद्ध जनसङ्ख्या, युक्रेनमा द्वन्द्वका कारण पुरुषहरूको बहिर्गमन र १७ वर्षमा सबैभन्दा कम प्रजनन दरजस्ता धेरै जनसाङ्ख्यिकीय चुनौतीको सामना गर्दै आएको छ । त्यहाँ प्रतिमहिला जन्म एक दशमलव चार रहेको छ । यो युरोपेली देश र जापानको बराबर हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भविष्यका लागि अहिलेको जन्मदर सङ्कटपूर्ण रहेको बताउनुभएको छ । सन् १९९१ मा सोभियत सङ्घको विघटनको समयमा रुसको जनसङ्ख्या झण्डै १४ करोड ८० लाख थियो । यो सन् १९९० को दशकमा उच्च मृत्यु र कम जन्मको लामो अवधिपछि अहिले झण्डै १४ करोड ४० लाख छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले ठूला परिवारलाई विभिन्न अनुदानको प्रस्ताव गरेपनि जन्मदरमा उल्लेख्य सुधार हुन नसकेको समाचार संस्था एएफपीले जनाएको छ । सन् २०४० को दशकसम्ममा रुसको जनसङ्ख्या १३ करोडसम्ममा झर्न सक्ने विज्ञको अनुमान छ । एजेन्सी

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.