भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डलरको तुलनामा आफ्नो मुद्रा कमजोर भएपछि अमेरिकी डलर लिलामी गर्दै अफगानिस्तान

डलरको तुलनामा आफ्नो मुद्रा कमजोर भएपछि अमेरिकी डलर लिलामी गर्दै अफगानिस्तान

काठमाण्डौ । एक करोड ६० लाख अमेरिकी डलर अफगानिस्तानले लिलामी गर्ने भएको छ । अफगानिस्तानको केन्द्रीय बैङ्कले उक्त परिमाणको अमेरिकी डलर लिलामी गर्ने भएको हो ।

डलरको तुलनामा आफ्नो मुद्रा कमजोर हुँदै गएपछि अफगानिस्तानको केन्द्रीय बैङ्कले आफ्नो मुद्राको अवमूल्यन रोक्न बितेका केही महिनामा विनिमय बजारहरूमा लाखौँ अमेरिकी डलर प्रवेश गराएको छ। बैङ्कले निकालेको विज्ञप्तिमा अमेरिकी डलरको तुलनामा अफगानिस्तानको मुद्रा पछिल्ला दुई हप्ताहरूमा निकै खस्किरहेको छ ।

गएको हप्ता एक अमेरिकी डलरको विनिमयदर ६९ दशमलव ९ अफगानी थियो भने शनिबार स्थानीय विनिमय बजारमा ७३ दशमलव ४ अफगानी पुग्यो । राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न अमेरिकी डलर लिलामी गर्न लागेको बैङ्क द अफगानिस्तानलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.