भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

डलरको तुलनामा आफ्नो मुद्रा कमजोर भएपछि अमेरिकी डलर लिलामी गर्दै अफगानिस्तान

डलरको तुलनामा आफ्नो मुद्रा कमजोर भएपछि अमेरिकी डलर लिलामी गर्दै अफगानिस्तान

काठमाण्डौ । एक करोड ६० लाख अमेरिकी डलर अफगानिस्तानले लिलामी गर्ने भएको छ । अफगानिस्तानको केन्द्रीय बैङ्कले उक्त परिमाणको अमेरिकी डलर लिलामी गर्ने भएको हो ।

डलरको तुलनामा आफ्नो मुद्रा कमजोर हुँदै गएपछि अफगानिस्तानको केन्द्रीय बैङ्कले आफ्नो मुद्राको अवमूल्यन रोक्न बितेका केही महिनामा विनिमय बजारहरूमा लाखौँ अमेरिकी डलर प्रवेश गराएको छ। बैङ्कले निकालेको विज्ञप्तिमा अमेरिकी डलरको तुलनामा अफगानिस्तानको मुद्रा पछिल्ला दुई हप्ताहरूमा निकै खस्किरहेको छ ।

गएको हप्ता एक अमेरिकी डलरको विनिमयदर ६९ दशमलव ९ अफगानी थियो भने शनिबार स्थानीय विनिमय बजारमा ७३ दशमलव ४ अफगानी पुग्यो । राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न अमेरिकी डलर लिलामी गर्न लागेको बैङ्क द अफगानिस्तानलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.