भक्तपुर अस्पतालमा वेथितिको चांङ, विशेषज्ञ डाक्टरहरुको अभाव

भक्तपुर अस्पतालमा वेथितिको चांङ, विशेषज्ञ डाक्टरहरुको अभाव

भक्तपुर । विगतमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको भक्तपुर अस्पतालमा वेथितिका चांङहरु चुलिएका छन् । अस्पताल प्रशासनको कमजोरीका कारण अस्पतालमा वेथितिको चांङ चुलिएका हुन ।
भक्तपुर अस्पतालमा २०८० भाद्र एक गतेदेखि दैनिक उपचारका लागि आएका बिरामीहरुले विषेशज्ञ सेवा नपाएको गुनासो समेत रहेको छ ।

अस्पतालमा आएका विरामीहरुलाई कमिशनको आसमा अस्पतालबाट विरामी रिफर हुने गरेको खुलेको छ । यहाँका कर्मचारीहरुको मिलिभगतमा विरामीहरुको ल्याव टेस्टहरु समेत विरामीहरुलाई अस्पतालहाता भन्दा बाहिर गराउँन बाध्य पारिएको छ । भक्तपुर अस्पतालबाट रिफर गरिएका विरामीहरु भक्तपुर ईन्टरनेशनल पा.लि.कौशलटारमा र अन्यत्र अस्पतालमा पुग्ने गरेको अस्पतालन स्रोतले जनाएको छ ।

पछिल्लो समय भक्तपुर अस्पतालमा विषेशज्ञ डाक्टरको अभाव रहेको खुलेको छ । यस अस्पतालमा मेडिसिन कन्सल्टेन्ट डा.एक जना मात्रै रहेका छन् भने आँखारोग विषेशज्ञ, छाती रोग विषेशज्ञ समेत हालसम्म नभएको र बाल रोग विषेशज्ञको दरवन्दी २ जनाको भए पनि एक जना मात्रै कार्यरत रहेको खुलेको छ ।

भक्तपुर अस्पतालको इमर्जेन्सीमा आएका विरामीहरुलाई समेत ईन्ट्री गरी वा नगरि सिधै कमिशनको लोभमा अन्यत्र अस्पतालमा पठाउने चलन गलत भएपनि अस्पताल प्रशासन आँखा चिम्लेर बसीरहेको गुनासो स्थानीयको छ ।

अस्पताललाई आवश्यक पर्ने सम्पूर्ण कार्यालय सामानहरु ल्याव केमिकल्सका सामानहरु, मेशिनऔजार लगायत औषधीजन्य सामानहरू ई विडिङ्गबाट खरिद भइसकेको भएपनि पुनः अस्पताललाई आवश्यक पर्ने सम्पूर्ण सबै प्रकारका सामानहरु सप्लायर्सहरुसंग सेटिङ्ग मिलाएर कमगुणस्तर (गुणस्तर हिन) सामान खरिद गरि सम्वन्धित सप्लायर्सहरु संग ३० प्रतिशत रकम कमिशन लिएर रकम भुक्तानी गर्ने चलन समेत भक्तपुर अस्पतालमा मौलाएको छ ।

अस्पतालमा बिमाको रकम केल्म गर्ने अबधी ७ दिनको मात्र हुने भएपनि उक्त अवधी नाघे पछि सिस्टमले नै केल्म नमिल्ने भएकाले पनि आफ्ना नजिकका कर्मचारीलाई फार्मेसिमा भए गरेको औषधी घोटला मिलाउन मिति २०८० पुस १ गतेदेखि प्रत्येक दिन बेलुकादेखि भोलि पल्ट बिहान सम्म फार्मेसिमा मौखिक डिउटीमा समेत असपताल प्रशासनले खटाएको खुलेको छ ।

फार्मेसीका औषधिहरु बिक्रि गर्ने काम ठाडै नियम विपरित भएको आरोप रहेको छ। फार्मेसीमा खटाइएका कर्मचारी समेत फार्मेसि पढेको कर्मचारि नभई प्राविधिक कर्मचारि रहेको खुलेको छ । के प्राविधिक कर्मचारीले औषधी विरण गर्न पाइन्छ ?

यस्तै गोलचक्करले गर्दा बिमामा काम गर्ने कर्मचारिको अभावमा ८० लाख रुपैयाँ सम्मको रकम क्लेम हुन सकेको छैन । वेला–वेला अस्पतालका कर्मचारीहरुले कमसल सामान भएसम्म काम गर्न नसकिने भनेर पत्र दिदा समेत अस्पताल प्रशासनले गुणस्तरीय सामान नदिदा कर्मचारीहरुले काम गर्न नसकिने पत्र समेत प्रशासनलाई दिएको खुलेको छ ।

अस्पतालमा खरिद भएका कमसल सामानहरु कुन कम्पनीबाट खरिद गरिएको हो किन कमसल सामान खरिद गरिएको हो भन्नेबारे पनि खोजविन हुन जरुरी रहेको छ । यसबारे सम्बन्धीत निकायको ध्यान जानुपर्छ भन्ने आम धारणा रहेको छ ।

यस विषयमा अस्पतालका मेसु डा.त्रिभुवनचन्द्र झा संग बुझ्दा उनले विगतमा भइसकेका कामहरु भएकाले आफूले यसबारे जानकारी नपाएको प्रतिक्रिया दिए ।

 


Thali Mobile Pvt.Ltd.