भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन्। चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश प्रस्थान गरेका हुन ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।
त्यही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौताहरु भएका छन्।

प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली यही मंसिर १७ गते बेएजिङ गएका थिए।

 


Thali Mobile Pvt.Ltd.