भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

बार्नियर देशको इतिहासमै सबैभन्दा कम शासन गर्ने प्रधानमन्त्री

बार्नियर देशको इतिहासमै सबैभन्दा कम शासन गर्ने प्रधानमन्त्री

काठमाडौं । फ्रान्समा ६२ वर्षपछि पहिलो पटक देशको सरकार अविश्वासको प्रस्तावले ढलेको छ । प्रधानमन्त्री मिशेल बार्नियरको सरकार तीन महिनामै ढलेको हो ।

चरम दक्षिणपन्थी र वामपन्थी दल मिलेर बार्नियरलाई अपदस्थ गरेका हुन्। सांसदहरूले या त अविश्वासको पक्षमा मतदान गर्नुपर्ने या तटस्थ रहनु पर्ने व्यवस्था गरिएको थियो। बार्नियरविरुद्धको अविश्वासको प्रस्ताव संसद्‌ले अत्यधिक मतले पारित गरेपछि उनको सरकार ढलेको जनाइएको छ ।

पाँच सय ७७ सदस्यीय संसद्‌मा अविश्वासको मत पारित हुन दुई सय ८८ मत चाहिनेमा तीन सय ३१ मत परेको थियो। बार्नियर देशको इतिहासमै सबैभन्दा कम शासन गर्ने प्रधानमन्त्री बनेका छन् । बार्नियर अब राष्ट्रपति इम्यानुएल म्याक्रोँ समक्ष राजीनामा बुझाउन बाध्य हुनु भएको र जुन बजेटका कारण उनको पतन भएको हो त्यो बजेट निष्क्रिय भएको छ।

राजीनामा बुझाए पनि राष्ट्रपति म्याक्रोँले उनको उत्तराधिकारी चयन नगर्दासम्म उनी नै कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यरत रहनेछन्। यसैबीच राष्ट्रपति म्याक्रोँले आज देशवासीका नाममा सम्बोधन गर्ने जनाइएको छ।

प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै सामाजिक सुरक्षा वित्तीय योजना विधेयकलाई पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेशनल र्‍याली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उहाँ विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए।

 


Thali Mobile Pvt.Ltd.