काठमाडौं । फ्रान्समा ६२ वर्षपछि पहिलो पटक देशको सरकार अविश्वासको प्रस्तावले ढलेको छ । प्रधानमन्त्री मिशेल बार्नियरको सरकार तीन महिनामै ढलेको हो ।
चरम दक्षिणपन्थी र वामपन्थी दल मिलेर बार्नियरलाई अपदस्थ गरेका हुन्। सांसदहरूले या त अविश्वासको पक्षमा मतदान गर्नुपर्ने या तटस्थ रहनु पर्ने व्यवस्था गरिएको थियो। बार्नियरविरुद्धको अविश्वासको प्रस्ताव संसद्ले अत्यधिक मतले पारित गरेपछि उनको सरकार ढलेको जनाइएको छ ।
पाँच सय ७७ सदस्यीय संसद्मा अविश्वासको मत पारित हुन दुई सय ८८ मत चाहिनेमा तीन सय ३१ मत परेको थियो। बार्नियर देशको इतिहासमै सबैभन्दा कम शासन गर्ने प्रधानमन्त्री बनेका छन् । बार्नियर अब राष्ट्रपति इम्यानुएल म्याक्रोँ समक्ष राजीनामा बुझाउन बाध्य हुनु भएको र जुन बजेटका कारण उनको पतन भएको हो त्यो बजेट निष्क्रिय भएको छ।
राजीनामा बुझाए पनि राष्ट्रपति म्याक्रोँले उनको उत्तराधिकारी चयन नगर्दासम्म उनी नै कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यरत रहनेछन्। यसैबीच राष्ट्रपति म्याक्रोँले आज देशवासीका नाममा सम्बोधन गर्ने जनाइएको छ।
प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै सामाजिक सुरक्षा वित्तीय योजना विधेयकलाई पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेशनल र्याली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उहाँ विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) वरपर पुनः गोलीबारीको घटना भएको छ। बीबीसी हिन्दीले भारतीय सेनालाई उद्धृत गर्दै जनाएअनुसार, केही क्षेत्रमा चरमपन्थी समूहहरूसँग मुठभेड भइरहेको जनाइएको छ।...
इस्लामाबाद । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। यसको जवाफमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बिहीबार बिहान राष्ट्रिय सुरक्षा समितिको आपतकालीन बैठक बोलाएका छन्।...
एजेन्सी । जम्मू–कश्मीरको शान्त पहाडी क्षेत्र पहलगाम एकाएक रगताम्य भयो, जब पर्यटकले भरिएको एउटा क्षेत्र भीषण आतङ्कवादी हमलाको चपेटामा पर्यो। आक्रमण यति भयानक थियो कि २२ जना भारतीय पर्यटक,...
एजेन्सी । पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत गरेका छन् । रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा...