भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

मर्यादाहीन भयो संसदीय छलफल: सापकोटा

मर्यादाहीन भयो संसदीय छलफल: सापकोटा

काठमाडौं । संसदको गरिमा र ओज खस्कँदै गएको पूर्वसभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् । नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागममी प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सापकोटाले संसदमा हुने बहस, छलफल, शब्द चयनहरु स्तरहीन र मर्यादाहीन भएको दावी गरे ।

राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको जिकिर गर्दै उनले भने, ‘आज राम्रोसँग गतिविधि अघि बढेका छैनन् । संसद भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन । त्यहाँ हुने छलफल, बहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहीन, मर्यादाहीन भएको छ ।’

संसदीय छलफल ओज र गरिमायुक्त हुनुपर्नेमा त्यस्तो नभई आफ्नो साख गिराउँदै गएको तर्क गरे । उपाध्यक्ष सापकोटाले देश छटपटि, उकुसमुकुस वातावरणबाट गुज्रीरहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.