भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु

तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु

काठमाडौं । तिनाउ खोलामा नुहाउन गएकी एक किशोरको डुबेर मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–६ हरियाली पार्क नजिक तिनाउ खोलामा डुबेर तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान ८ बजेतिर ३ जना नुहाउनका लागि खोलामा गएका थिए । नुहाउने क्रममा दिव्यांश खोलामा डुबेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । मंगलापुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक दिपेन्द्र बानियाँको नेतृत्वमा खटिएको टोलीले दिव्यांशलाई खोलामा मृत अवस्थामा फेला पारेको हो ।

 


Thali Mobile Pvt.Ltd.