भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु

तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु

काठमाडौं । तिनाउ खोलामा नुहाउन गएकी एक किशोरको डुबेर मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–६ हरियाली पार्क नजिक तिनाउ खोलामा डुबेर तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान ८ बजेतिर ३ जना नुहाउनका लागि खोलामा गएका थिए । नुहाउने क्रममा दिव्यांश खोलामा डुबेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । मंगलापुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक दिपेन्द्र बानियाँको नेतृत्वमा खटिएको टोलीले दिव्यांशलाई खोलामा मृत अवस्थामा फेला पारेको हो ।

 


Thali Mobile Pvt.Ltd.