भर्खरै : Sorry, your browser does not support inline SVG.
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह | ध्रुवे हात्तीको भीषण आतंक: घरमै पसेर आमा–छोराको ज्यान लियो, प्रदर्शनपछि ४ बुँदे सहमति | बालेन सरकारको १०० दिन: ११८ अर्ब बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा, भ्रष्टाचारमा कडा एक्सन | देशभर वर्षाको असर: ७ मुख्य राजमार्ग पूर्ण बन्द, ४ सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन | तेहरानमा पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा लाखौँ मानिस सहभागी |

भारतमा अमेरिकाले डिजाइन गरेको आणविक रिएक्टरहरू निर्माण गर्ने सम्झौता

भारतमा अमेरिकाले डिजाइन गरेको आणविक रिएक्टरहरू निर्माण गर्ने सम्झौता

एजेन्सी । भारत र अमेरिकाबीच नयाँ सहमती भएको छ । भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको हो । भारत र अमेरिकाको व्यापार असन्तुलन कम गर्न भारत थप अमेरिकी तेल तथा ग्यास खरिद गर्न सहमत भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणका क्रममा विशेष गरी उर्जा क्षेत्र प्राथमिकतामा परेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणका क्रममा विशेष गरी उर्जा क्षेत्र प्राथमिकतामा परेको छ । परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा समेत भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आणविक ऊर्जा कार्यक्रमलाई अगाडि बढाउन मद्दत गर्न अमेरिका र फ्रान्सबाट महत्त्वपूर्ण समर्थन प्राप्त भएको बताए । वाशिङटनमा भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको बताएका हुन ।

अमेरिकाले भारतलाई सैन्य हार्डवेअरको बिक्री करोडौँ डलरले बढाउने र एफ–३५ लडाकु जेट समेत दिने जनाएको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै मोदीले अन्तरिक्ष, प्रविधि र अन्वेषणका बारेमा ट्रम्प निकट एलन मस्कसँग कुरा गरेको समेत जनाइएको छ ।

भारतमा अमेरिकाले डिजाइन गरेको आणविक रिएक्टरहरू निर्माण गर्ने सम्झौता भएको छ । यद्यपि यो प्रविधि अझै ‘प्रारम्भिक चरणमा’ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.