एजेन्सी । भारत र अमेरिकाबीच नयाँ सहमती भएको छ । भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको हो । भारत र अमेरिकाको व्यापार असन्तुलन कम गर्न भारत थप अमेरिकी तेल तथा ग्यास खरिद गर्न सहमत भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणका क्रममा विशेष गरी उर्जा क्षेत्र प्राथमिकतामा परेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणका क्रममा विशेष गरी उर्जा क्षेत्र प्राथमिकतामा परेको छ । परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा समेत भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आणविक ऊर्जा कार्यक्रमलाई अगाडि बढाउन मद्दत गर्न अमेरिका र फ्रान्सबाट महत्त्वपूर्ण समर्थन प्राप्त भएको बताए । वाशिङटनमा भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको बताएका हुन ।
अमेरिकाले भारतलाई सैन्य हार्डवेअरको बिक्री करोडौँ डलरले बढाउने र एफ–३५ लडाकु जेट समेत दिने जनाएको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै मोदीले अन्तरिक्ष, प्रविधि र अन्वेषणका बारेमा ट्रम्प निकट एलन मस्कसँग कुरा गरेको समेत जनाइएको छ ।
भारतमा अमेरिकाले डिजाइन गरेको आणविक रिएक्टरहरू निर्माण गर्ने सम्झौता भएको छ । यद्यपि यो प्रविधि अझै ‘प्रारम्भिक चरणमा’ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान गरेको छ । बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले हाल सालै निकालेको तथ्याङ्क अनुसार २०२५...
एजेन्सी । फेब्रुअरीदेखि १६६ जहाजहरू केप अफ गुड होप मार्गबाट सुएज नहरमा फर्किएका छन् । सुएज नहर प्राधिकरणले गाजामा भएको छोटो युद्धविराम पछि उक्त मार्गबाट सुएज नहरमा फर्किका हुन...
एजेन्सी । रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पारेको छ। युद्ध रोक्ने विषयमा साउदी अरेबियामा वार्ता जारी रहँदा रुसले उत्त–रपूर्वी युक्रेनका विभिन्न ठाउँलाई निशाना बनाएर आक्रमण गरेको हो । अमेरिका...
एजेन्सी । गाजामा जारी इजरायली सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कुल ५०,०२१ जनाको मृत्यु भएको बताएको हो । गाजामा हमासद्वारा...