भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौँ संसारकै दोस्रो प्रदूषित सहर, पहिलो इरानको तेहरान सबैभन्दा प्रदूषित

काठमाडौँ संसारकै दोस्रो प्रदूषित सहर, पहिलो इरानको तेहरान सबैभन्दा प्रदूषित

काठमाडौं । नेपालको राजधानी काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर भएको छ । नेपालको राजधानी काठमाडौँ संसारभरको वायुको गुणस्तर मापन गर्ने आईक्यू एअर क्वालिटी इन्डेक्स (वायुको गुणस्तर सूचकांक) मा विश्वकै सबैभन्दा प्रदूषित शहरको दोस्रो स्थानमा परेको हो ।

काठमाडौँको हावामा मुख्य प्रदूषक (पीएम २.५) ७३ माइक्रो ग्राम प्रतिघनमिटर रहेको छ। पिएम २.५ का कारण वर्षेनी संसारभरमा लाखौँ मानिसको ज्यान जाने गरेको छ।

काठमाडौँमा वायुको गुणस्तर (एक्यूआई प्लस) १६३ रहेको छ, जुनलाई मानव स्वास्थ्यका दृष्टिकोणले अस्वस्थस्तरमा पुगेको मानिन्छ। यसअघि गत बिहीवार दिउँसो काठमाडौँको वायुको गुणस्तर १९६ एक्यूआई मापन गरिएको थियो।

पहिलो स्थानमा इरानको तेहरान सबैभन्दा प्रदूषित सहरको सूचिमाछ। म्यानमार (एक्यूआई १६१) तेस्रो, बहराइनको मानामा (एक्यूआई १६०) चौथो, भियतनामको हनोई (एक्यूआई १६०) पाँचौ स्थानमा छ।

 

 


Thali Mobile Pvt.Ltd.