भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अब फर्कंदैनन् उनीहरू-अहमदाबाद विमान दुर्घटनामा हराएका आठ अधुरा जीवनकथा

अब फर्कंदैनन् उनीहरू-अहमदाबाद विमान दुर्घटनामा हराएका आठ अधुरा जीवनकथा

एजेन्सी, ०१ असार । भारतको अहमदाबादमा लन्डनका लागि उडेको एयर इन्डियाको ड्रीमलाइनर विमान दुर्घटनामा परेर ज्यान गुमाएका क्याबिन क्रु सदस्यहरूको कथा आँशु झार्ने खालका छन्।

एकातिर दशौँ वर्षको सेवा सकेर अबको केही महिनामा अवकाश लिने योजनामा रहेका अनुभवी पाइलट सुमित सभरवाल, अर्कातिर विवाहको तयारीमा रहेकी युवा एयर होस्टेस रोशनी संघारे।

दुर्घटनामा चालक दलका सबै आठ सदस्यको ज्यान गएको पुष्टि भएको छ। पाइलट सभरवाल, सह–पाइलट क्लाइभ कुन्दर, तथा क्याबिन क्रु सदस्य अपर्णा महाडिक, मैथिली पाटिल, दीपक पाठक, रोशनी संघारे, साइनिता चक्रवर्ती र इरफान शेख यस दुखद दुर्घटनामा मारिएका हुन्।

सुमित सभरवाल करिब ८ हजार घण्टाभन्दा बढीको उडान अनुभवसहित अब अवकाश लिएर वृद्ध बुबासँग बस्ने योजनामा थिए। तर नियतिले उनलाई अन्तिम उडानमै रोकेको छ।

मैथिली पाटिल, गाउँकी साधारण परिवारबाट आएर एयर होस्टेस बनेकी थिइन्। उनी बाल्यकालदेखिको सपना पुरा गर्दै थिइन्। दीपक पाठक, बदलापुरकी हुन । उनी ११ वर्षदेखि क्याबिन क्रुको रूपमा सेवा गरिरहेकी थिरइन । चार वर्ष अघि विवाह गरेका उनी जीवनको सुदृढ यात्रामा थिए। रोशनी संघारे अन्तर्राष्ट्रिय एयरलाइन्समा काम गर्ने सपना साकार पार्दै थिइन्, उनको विवाहको कुरा घरमा चलिरहेको थियो।

अपर्णा महाडिक वरिष्ठ क्रु सदस्य थिइन्, उनको ९ वर्षीया छोरी अहिले आमाविहीन भएकी छिन्। इरफान शेख २२ वर्षका थिए। विमान उड्नुअघि उनले फेसबुकमा स्टेटस अपडेट गरेका थिए-जुन सम्भवत: उनको अन्तिम थियो।

यस दुर्घटनाले चालक दलका सदस्यहरूसँगै सयौं यात्रुको पनि ज्यान लिएको छ। घटना भारतको हवाई इतिहासकै एक दुःखद स्मृति बनेको छ।

 


Thali Mobile Pvt.Ltd.