भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

इरानी मिसाइल आक्रमणमा इजरायलमा ८ को ज्यान गयो, सयौं घाइते

इरानी मिसाइल आक्रमणमा इजरायलमा ८ को ज्यान गयो, सयौं घाइते

तेल अभिभ, १ असार । इजरायलले गरेको पछिल्लो सैन्य कारबाहीको जवाफस्वरूप इरानले इजरायलको मध्य र उत्तरी भागमा मिसाइल हमला गरेको छ। यस आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु र १०० भन्दा बढी नागरिक घाइते भएको पुष्टि गरिएको छ।

इजरायली आपतकालीन सेवा मगेन डाभिद अदोम (MDA) का अनुसार बट याम सहरमा १० वर्षीया बालिका, ६९ वर्षीया महिला र ८० वर्षीया वृद्धाको मृत्यु भएको छ। यस क्षेत्रमा एउटा भवनमा मिसाइल खस्दा गम्भीर क्षति पुगेको छ।

त्यस्तै, उत्तर इजरायलको टामरा सहरमा पनि मिसाइल आक्रमण हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायली रक्षा बल (IDF) ले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन आह्वान गर्दै उद्दार टोली परिचालन गरेको छ।

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (IRGC) ले एक वक्तव्य जारी गर्दै इजरायली लडाकु विमानको इन्धन उत्पादन गर्ने कारखाना र ऊर्जा केन्द्रहरूलाई लक्षित गरेर हमला गरिएको जनाएको छ। यदि इजरायली हमला जारी रह्यो भने, “इरानको प्रतिक्रिया झन् तीव्र हुनेछ” भन्ने चेतावनी समेत दिइएको छ। वक्तव्यमा इजरायली आकाशमा तीन क्रुज मिसाइल, १० ड्रोन, र दर्जनौं यूएभीहरू नष्ट गरिएको दाबी गरिएको छ।

यो आक्रमण इरान–इजरायलबीच चर्कँदो तनाव र गाजा क्षेत्रमा जारी द्वन्द्वको नयाँ चरण मानिएको छ। इजरायल र इरानबीच प्रत्यक्ष भिडन्तको सम्भावना झनै बढिरहेको विश्लेषकहरूको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.