भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानी मिसाइल आक्रमणमा इजरायलमा ८ को ज्यान गयो, सयौं घाइते

इरानी मिसाइल आक्रमणमा इजरायलमा ८ को ज्यान गयो, सयौं घाइते

तेल अभिभ, १ असार । इजरायलले गरेको पछिल्लो सैन्य कारबाहीको जवाफस्वरूप इरानले इजरायलको मध्य र उत्तरी भागमा मिसाइल हमला गरेको छ। यस आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु र १०० भन्दा बढी नागरिक घाइते भएको पुष्टि गरिएको छ।

इजरायली आपतकालीन सेवा मगेन डाभिद अदोम (MDA) का अनुसार बट याम सहरमा १० वर्षीया बालिका, ६९ वर्षीया महिला र ८० वर्षीया वृद्धाको मृत्यु भएको छ। यस क्षेत्रमा एउटा भवनमा मिसाइल खस्दा गम्भीर क्षति पुगेको छ।

त्यस्तै, उत्तर इजरायलको टामरा सहरमा पनि मिसाइल आक्रमण हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायली रक्षा बल (IDF) ले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन आह्वान गर्दै उद्दार टोली परिचालन गरेको छ।

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (IRGC) ले एक वक्तव्य जारी गर्दै इजरायली लडाकु विमानको इन्धन उत्पादन गर्ने कारखाना र ऊर्जा केन्द्रहरूलाई लक्षित गरेर हमला गरिएको जनाएको छ। यदि इजरायली हमला जारी रह्यो भने, “इरानको प्रतिक्रिया झन् तीव्र हुनेछ” भन्ने चेतावनी समेत दिइएको छ। वक्तव्यमा इजरायली आकाशमा तीन क्रुज मिसाइल, १० ड्रोन, र दर्जनौं यूएभीहरू नष्ट गरिएको दाबी गरिएको छ।

यो आक्रमण इरान–इजरायलबीच चर्कँदो तनाव र गाजा क्षेत्रमा जारी द्वन्द्वको नयाँ चरण मानिएको छ। इजरायल र इरानबीच प्रत्यक्ष भिडन्तको सम्भावना झनै बढिरहेको विश्लेषकहरूको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.