भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात सुरु, पाँच महिनामा ९४ लाख डलर आम्दानीको लक्ष्य

नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात सुरु, पाँच महिनामा ९४ लाख डलर आम्दानीको लक्ष्य

काठमाडौं, १ असार । नेपाल विद्युत् प्राधिकरणले शनिवार रातिदेखि बङ्गलादेशतर्फ दैनिक ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। त्रिपक्षीय सम्झौताअनुसार यो निर्यात पाँच महिनासम्म अर्थात् कात्तिक २९ सम्म सञ्चालन हुनेछ।

विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर विन्दुसम्म पुग्नेछ, त्यसपछि बङ्गलादेशमा प्रवाहित हुनेछ। प्राधिकरणका अनुसार यस निर्यातबाट नेपालले प्रत्येक युनिटमा ६.४० सेन्ट आम्दानी गर्दै पाँच महिनामा ९४ लाख डलरभन्दा बढी राजस्व प्राप्त गर्नेछ।

यो निर्यात कार्य नेपाल, भारत (एनभीभीएन) र बङ्गलादेश पावर बोर्ड बीचको सहयोगमा सम्पन्न भइरहेको हो। सम्झौता पाँच वर्षको अवधिको छ र यसले नेपाललाई ऊर्जा व्यापारको नयाँ सम्भावना र आर्थिक लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.