भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एअर एसियाको भैरहवा उडान सुरु

एअर एसियाको भैरहवा उडान सुरु

काठमाडौं । लामो समयपछि थाइ एयर एसियाको बैंकक–भैरहवा उडान आजबाट सुरु भएको छ । नागरीक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस अवतरण गरेको हो ।

प्राधिकरण भैरहवा कार्यालयका निमिक्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यका अनुसार पहिलो उडानमा बिमानका चालकदलका ७ सदस्यहरु मात्रै आएका थिए । उहाँले यो तालिका अनुसारकै फ्लाईट भएको बताए । अर्को उडान अब कार्तिक २३ गते शुक्रवार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने बिमानस्थलले जनाएको छ ।

२३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहिबार देखि हप्ताको दुई दिन सोमबार र बिहिबार दिउँसो सवा १२ बजे आउने निमिक्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिए । थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा तथा काठमाण्डौ उडान शुरु गर्ने अनुमति पाए लगत्तै उडान सुरु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.