भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सर्बियामा छाना खस्दा १३ जनाको मृत्यु, तीन जना गम्भीर घाइते

सर्बियामा छाना खस्दा १३ जनाको मृत्यु, तीन जना गम्भीर घाइते

एजेन्सी । सर्बियामा १३ जनाभन्दा बढीको मृत्यु भएको छ । सर्बियाको नोभी साद सहरस्थित रेलवे स्टेशनको प्रवेशद्वारमा रहेको कंक्रिटको छाना खस्दा कम्तिमा १३ जनाको मृत्यु भएको हो ।

सर्बियाकी आन्तरिक मन्त्री इभिका डेसिसले घटनाको पुष्टि गर्दै घाइते तीन जनालाई अस्पतालमा भर्ना गरिएको बताए। घटनालगत्तै एम्बुलेन्ससँगै अन्य आपत्कालीन सेवाको टोली घटनास्थलमा पठाइएको र बुलडोजरको सहयोगले भग्नावशेष हटाएर मानिसको खोजीकार्य भइरहेको बताइएको छ।

घटनामा तीन जना गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आन्तरिक मन्त्रालयको आपतकालीन व्यवस्थापन केन्द्रका प्रमुख लुका काजिकले कंक्रिटको तौल अत्याधिक रहेको कारण उद्धार कार्यमा जटिलता आएको र उद्धार अभियान जारी रहेको बताए।

केही दिन अघिमात्रै रेल स्टेशनको भवनको पुनर्निर्माण सम्पन्न भएको बताइए पनि भत्किएको छानाको भाग पुनर्निर्माणको हिस्सा नभएको स्पष्ट पारिएको छ । सीसीटिभी क्यामेराको फुटेजमा मानिसहरु कंक्रिटको छानामुनि रहेको बेन्चमा बसेको देखिन्छ, जुन अचानक खसेको बताइएको छ।

राजधानी बेलग्रेडबाट लगभग ७० किलोमिटर उत्तरपश्चिममा रहेको सहर नोभी सादमा करिब ३५ मिटर १ सय १५ फिट लम्बाइ भएको स्टेशनको छत भत्किएपछि घटना निम्तिएको हो।

 

 


Thali Mobile Pvt.Ltd.