भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

अखिल क्रान्तिकारीले लगायो ३२ वर्षे उमेर हद, बुढाहरूले नेतृत्व लिन नपाउँने

अखिल क्रान्तिकारीले लगायो ३२ वर्षे उमेर हद, बुढाहरूले नेतृत्व लिन नपाउँने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनको निर्णय अघिसारेको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् आउने परिणामको आधारमा प्रक्रिया यही पुस महिनाभित्र सम्पन्न गरिसक्ने तयारी गरेको छ ।

निर्वाचनको मोडालिटी टुंगो लागिसकेकाले आज कार्यतालिका सार्वजनिक हुने अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले बताए । उनले भने, ‘हामीले आज पार्टीको निर्वाचन आयोगसँग छलफल गर्दैछौं । निर्वाचन कहाँ–कहाँ कसरी–कसरी गर्ने भन्ने कुरा छलफलबाट टुंगो लागिसकेपछि कार्यतालिका आजै सार्वजनिक हुनसक्छ ।’

उमेर हदमा भोटिङ
असोज १० गतेदेखि कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा २८, ३० र ३२ वर्ष उमेर हदको विकल्पमा भोटिङ गर्ने भनिएको थियो । तर विवादका कारण सम्मेलन स्थलमा तोडफोड भएपछि सम्मेलन स्थगित गरेर २३ र २४ मंसिरमा गर्ने भनिएको थियो । तर निर्धारित समयमा सम्मेलन हुन सकेन । अहिले भने ३२ वर्ष उमेर हद कायम गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय भएको फ्र्याक्सन इन्चार्ज शर्माले जानकारी दिए ।

उमेर हद सम्बन्धी चुनाव जिल्ला–जिल्लामा गराउने तयारी छ । त्यसपछि नेतृत्व चयनको लागि चुनाव हुने छ । ३२ वर्षे उमेर हद लागू भए अध्यक्षका डेढ दर्जन दाबेदार प्रतिस्पर्धाबाट बाहिरिने निश्चित छ । भोटिङ सुरु गर्नुअघि विभिन्न जिल्लाको प्रतिनिधि विवाद समेत समाधान गरिसकिएको छ । नवलपुर, कास्की, ताप्लेजुङ, काभ्रे, सिटिइभिटी जिल्ला कमिटीको विवाद समाधान गरिएको एक नेताले जानकारी दिए ।

‘तीमध्ये कतिपय जिल्लाबाट प्रतिनिधिहरुको दुईवटा नामावली आएका थिए, केहीमा सिनियर छुटेको, केहीमा छात्रा छुटेको भन्ने कुराहरु थिए,’ ती नेताले अनलाइनखबरसँग भने, ‘त्यो विवादका कारण पनि राष्ट्रिय सम्मेलनमा उमेर हदको विषयमा भोटिङ हुन सकेको थिएन । अहिले सर्वसम्मत रुपमा विवाद समाधान गरिएकाले अब भोटिङ गराउनका लागि छलफल अघि बढेको छ ।’ अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुन्नका लागि २३ सय २३ जना प्रतिनिधि छानिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.