भक्तपुर । मंसिर २८ गतेदेखि सुरु भएको भक्तपुर महोत्सव २०८१ पुष २ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यतामा भव्य समारोहबीच सम्पन्न भएको छ । समापन समारोहमा मन्तव्य राख्दै अध्यक्ष बिजुक्छेले अरुको भर परेर काम गर्दा घातक हुने बताए ।
आफ्नो खुट्टामा उभिन नसक्ने भन्दै महोत्सवलाई सभ्य र भव्य रुपले सफल बनाउन कलाकार, व्यवसायी, शिक्षक विद्यार्थी तथा स्थानीयले आफ्नो सीप क्षमता प्रस्तुत गरेकोमा धन्यवाद दिए । भक्तपुरसँगै नेपाललाई नै सुन्दर र समृद्ध बनाउन स्थानीय सरकारले जनताको साथ लिएर अगाडि बढ्दा विश्व समुदायमा नेपाल चिनाउन सक्ने जिकिर गरे ।
कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले सामुदायिक कार्यमा निःस्वार्थ भावनाबाट जनताको सकृयता र सौहार्दताका साथ महोत्सव उल्लासमय वातावरणमा सम्पन्न भएको बताए । नेपालको मौलिक संस्कृतिको विश्व समुदायलाई ऐतिहासिक सन्देश तथा नयाँ पुस्तान्तरण र हस्तान्तरणको रोचक संयोजन महोत्सवले प्रस्तुत गरेको दावी गरे ।
कार्यक्रम सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका अग्रज पुस्ताको सपना पुरा गर्न अघि बढेको जिकिर गर्दै जनताको साथ र हातेमालोबाट महोत्सव सभ्य र भव्य रूपमा सफल भएको दावी गरे । कार्यक्रममा चिनियाँ राजदुत छन सोङ लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले नगरवासीको उत्साह देखेर भक्तपुरले सस्कृतिका क्षेत्रमा उल्लेख्य कार्य गरेको बताए । हरेक साँझ दिपावली भएको भक्तपुर महोत्सव सफल पार्न ५ सय ७५ जना स्काउटरहरु परिचालन भएको स्थानीय स्काउट आयुक्त बालकृष्ण बनमालाले बताए । महोत्सवमा विभिन्न देशका विदेशी पाहुनाको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाइएको प्रहरीले जनाएको छ। महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति...
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पेशी शुक्रबारका लागि तोकिएको छ ।घिसिङले वारेसमार्फत बुधबार बुझाएको रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ । घिसिङले प्रधानमन्त्री...
काठमाण्डौ । किसानका समस्या समाधन गर्न किसान आयोगसंग किसानले माग गरेका छन् । किसानको समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने बताएका हुन । किसानका उत्पादनको उचित...