सात सय ५३ पालिकामध्ये डडेल्धुराको अमरगढी नगरपालिका देशकै उत्कृष्ट

सात सय ५३ पालिकामध्ये डडेल्धुराको अमरगढी नगरपालिका देशकै उत्कृष्ट

काठमाण्डौ । डडेल्धुराको अमरगढी नगरपालिका यस वर्ष देशकै उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा डडेलधुराको अमरगढी नगरपालिका देशकै उतकृष्ट नगरपालिका भएको हो ।

नगरपालिकातर्फ र समग्रमा अमरगढी नगरपालिका विभिन्न १७ वटा सूचक राखेर एक सय पूर्णाङ्कमा सात सय ५३ पालिकामध्ये अमरगढीले सबैभन्दा धेरै ८१ दशमलव ७ अङ्क प्राप्त गरेको हो । त्यसपछि इलामको सुर्योदय नगरपालिका ८० दशमलव २ अङ्क ल्याएको हो ।

आयोगले हरेक वर्ष पालिकाको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गर्दै आएको छ । समयमै बजेट सभामा पेश गरेरनगरेको, पारित गरेरनगरेको, बजेट कार्यान्वयन समिक्षा सार्वजनिक गरेरनगरेकोलगायतका सूचक रहेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नतिजामा चित्त नबुझे आवश्यक आधार र प्रमाणसहित एक हप्ताभित्र पुनरावलोकनका लागि निवेदन दिन समेत अनुरोध गरेको छ ।

वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा गाउँपालिकातर्फ स्याङ्जाको कालिगण्डकी गाउँपालिका र धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले समान अङ्क ७८ दशमलव २ प्राप्त गरी गाउँपालिकातर्फ उत्कृष्ट भएका छन् । स्याङजाकै आधिँखोला गाउँपालिकाले ७८ अङ्क प्राप्त गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.