भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

अरनिको राजमार्ग पुनःअवरुद्ध

अरनिको राजमार्ग पुनःअवरुद्ध

काठमाडौं । अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो ।

स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार राजमार्ग खुलाउन जिल्लास्थित सुरक्षा निकाय र सडक डिभिजनको समन्वय भइरहेको छ । धुलिखेलबाट खावासम्म चार किलोमिटर सडकमा आकस्मिकलगायत सवारीसाधन रोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अरनीको राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । उक्त राजमार्ग वर्षाका कारण पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबारदेखि पहिरो जाँदा करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो ।

सडकको उक्त पहिरो पन्छाएर १४ घण्टापछि मंगलबार दिउँसो २ बजे दुवैतर्फी सञ्चालन गरिएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.