भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

भारतको धार्मिक कार्यक्रममा भएको भागदौडमा गम्भीर मानवीय लापरबाही भएको निष्कर्ष

भारतको धार्मिक कार्यक्रममा भएको भागदौडमा गम्भीर मानवीय लापरबाही भएको निष्कर्ष

काठमाडौं । भारतको उत्तर प्रदेशमा गएको हप्ता एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा १ सय २१ जनाको ज्यान गएको घटनामा ६ जना सरकारी अधिकारी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा प्रहरी, स्थानीय अधिकारी र जिल्ला प्रशासनका अधिकारी रहेका छन् ।

गएको हप्ता भएको एक धार्मिक कार्यक्रममा अत्याधिक भीड र भागदौडका कारण १ सय २१ जनाको ज्यान गएको थियो । विशेष अनुसन्धान टोली (एसआईटी) ले स्थानीय प्रशासनले घटना हुन नदिन र घटनापछिको अवस्था सम्हाल्ने क्रममा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको थियो ।

एसआईटीको रिपोर्टले आयोजक हिन्दु धर्म प्रचारक, स्थानीय अधिकारीहरू र प्रहरी सबैको गैरजिम्मेवारी भएको उल्लेख गरेको छ । उनीहरूले घटनालाई गम्भीरतापूर्वक नलिएको पनि रिपोर्टले जनाएको छ । अनुसन्धानको क्रममा १ सय २५ जना प्रत्यक्षदर्शीसँग बयान, घाइतेहरु, प्रहरी र जिल्ला अधिकारीहरुसँग अन्तर्वार्ता गरिएको थियो ।

यस्तै, समाचार, फोटो र भिडियो फुटेजको पनि जाँच गरिएको खबरमा उल्लेख छ । यस घटनामा धर्म प्रचार कार्यक्रमका मुख्य आयोजक देवप्रकाश मधुकरसहित नौ जना पक्राउ परेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.