भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

लागू औषध सहित औषधी पसले  लोकन्थलीबाट पक्राउ

लागू औषध सहित औषधी पसले  लोकन्थलीबाट पक्राउ

भक्तपुर । लागू औषधसहित औषधी पसले पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका वडा नं.१ लोकन्थली स्थित एक औषधी पसलमा लागू औषध विक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले रोहित सिंहलाई पक्राउ गरेको हो ।

सिराहा नरह गाँउपालिका वडा नं २ घर भई हाल भक्तपुर लोकन्थली बस्दै आएका बर्ष ३० का रोहित सिंह, त्यस्तै दाङ घोराही उपमहानगरपालिका वडा नं १५ घर भई हाल ललितपुर बालकुमारी बस्ने बर्ष २२ का बलिराम खड्काको साथबाट Tapentadol Tablets Tapenta लेखिएको – १३० ट्याब्लेट,

Tapentadol Tablets 100mg. लेखिएको – ५५ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज नेउपानेले बताउनु भयाे । अहिले उनीकाे अनुसन्धान भइरहेकाे उहाँकाे भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.