भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुनकोशीमा बेलिब्रिज बनेपछि स्थानीयकाे दैनिकी सहज

सुनकोशीमा बेलिब्रिज बनेपछि स्थानीयकाे दैनिकी सहज

सिन्धुली । सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदिमा नेपाली सेनाले बेलिब्रिज हाल्ने काम सकेपछि स्थानीय खुसी भएका छन् । एक–दुई दिनभित्रै बेलिब्रिजको भारवहन क्षमता जाँच गरेर सवारी साधन सञ्चालनमा आउने भएपछि उनीहरु खुसी भएका हुन ।

बेलिब्रिजको काम सकिएको नेपाली सेनाले जनाएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीले सुनकोशी नदीको पुल रामेछापतर्फ ५१ मिटर बगाएको थियो ।

भारवहन क्षमता जाँच सफलतापूर्वक सम्पन्न भएको र अहिले यात्रीहरूलाई कामको समय मिलाएर सेनाले पुलबाटै वारपार गर्न दिइएको छ । अब स्थानीयको मात्रै होइन यो बाटो भएर यात्रा गर्नेहरुको दैनिकी पनि सहज हुने पुल निर्माणमा खटिएका १४ नम्बर वाहिनीका फिल्ड कमान्डर प्रमुख सेनानी नारायण तुम्वाहाम्फेले बताए ।

 


Thali Mobile Pvt.Ltd.