भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

राष्ट्रपति महिला उत्थान कार्यक्रम भ्रष्टाचारको अखाडा भयो: सासद सुवाल

राष्ट्रपति महिला उत्थान कार्यक्रम भ्रष्टाचारको अखाडा भयो: सासद सुवाल

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताएका छन् । महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टा चार भएको भन्दै खारेज गर्नुपर्ने बुधबार प्रतिनिधि सभा बैठकमा सांसद सुवालले माग गरेका हुन ।

सांसद सुवालले उक्त कार्यक्रम खारेज गरी दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती र सुत्केरीको हवाई उद्वार गर्ने जिम्मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिन सुझाएका छन् । बैठकमा नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको बताए । शहरी विकास मन्त्रालयको विविध खर्चमा २२ लाख राखिएको र शीर्षक किटान नगरिएको भन्दै उनले भने, ‘‘जसरी बजेटमा स्वइच्छाचारित छ यस्तो (शीर्षक विनाको रकम) ले आर्थिक स्वइच्छाचारिता अझ बढ्छ ।’

शहरी विकास मन्त्रालयले बजेट असमान रूपमा वितरण गरेको उनको आरोप छ । ‘सबैभन्दा कम बजेट मधेशमा दिइएको छ । मधेशको पनि पर्सा र विरगंजमा साह्रै न्यून छ । यो असन्तुलन किन ?’ उनको प्रश्न छ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले फजुल खर्च घटाउन सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन पढ्न सरकारलाई सुझाव दिए ।

परियारले डिल्लीराज खनाल नेतृत्वको आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नसमेत सरकारसँग माग गरे । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सहरी विकास मन्त्रालयले ग्रामीण क्षेत्रलाई उपेक्षा गरेको बताइन । अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा सहरी विकास मन्त्रालयका कार्यक्रमहरू सहर केन्द्रित भएको आरोप लगायकि हुन ।

 

 


Thali Mobile Pvt.Ltd.