काठमाडौँ । कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षदेखि सबै राष्ट्र सेवकहरूको नतिजासूचक सहितको कार्य सम्पादन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निदेर्शन दिएका हुन ।
प्रधानमन्त्रीले चालु आर्थिक वर्षका बाँकी कार्यक्रम र क्रियाकलापहरूको कार्यान्वयनमा विशेष ध्यान दिई शतप्रतिशत नतिजा प्राप्तिमा जोड गर्न र आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा आवश्यक पूर्वतयारीका कामहरू समयमै सम्पादन गर्न निर्देशन समेत दिए ।
सिंहदरबारमा बुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको तर्क गरे ।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर गरी इमान्दारीता र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आव्हान गर्दछु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यस कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो, ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । मलेसियामा जारी आईसीसी यू १९ महिला टी २० विश्वकपमा आज नेपाल र स्कतल्याण्ड भिड्ने भएका छन् । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो...
काठमाडौं । नवनिर्वाचित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खानु अघि सोमबार वासिङ्टन डीसीमा र्याली आयोजना गरी सम्बोधन गरेका छन् । दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आज जनवरी २० देखि कार्यभार...
मान्म । यहाँको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् । विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन दुई करोड...
काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा मिचेर बनाइएका भवनहरु उपत्यका विकास प्राधिकरणले भत्काउन थालेको छ । पत्रकार सम्मेलन गरेर उक्त कार्य थालिएको वडा अध्यक्ष विमल होडाले...