भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

हतियारधारी व्यक्तिमाथि ह्वाइट हाउसमा गोली प्रहार

हतियारधारी व्यक्तिमाथि ह्वाइट हाउसमा गोली प्रहार

एजेन्सी । अमेरिकामा भएको ‘सशस्त्र भिडन्त’ मा एक व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान ह्वाइट हाउस बाहिर गोली हानी मारिएको अमेरिकी गुप्तचर सेवाले एक विज्ञप्तिमा जनाएको हो ।

सूचनाको आधारमा अधिकारीहरू विवरणसँग मेल खाने व्यक्तिको नजिक पुगेका थिए । ती व्यक्तिसँग हतियार रहेको पाएपछि गोलाबारी भएको थियो । गुप्तचर सेवाले उक्त व्यक्ति अहिले ‘अज्ञात’ अवस्थामा अस्पतालमा रहेको बताएको छ।

यद्यपि, यो घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइट हाउसमा उपस्थित थिएनन्। विज्ञप्तिमा स्थानीय प्रहरीलाई इन्डियानाबाट वासिङ्टन डीसीको यात्रा गरिरहेको एक जना व्यक्ति ‘आत्मघाती’ हुनसक्ने’ भन्ने गोप्य सूचना प्राप्त गरेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.