भर्खरै : Sorry, your browser does not support inline SVG.
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ |

रक्षा खर्चको हिसाबले चीन दोस्रो स्थानमा

रक्षा खर्चको हिसाबले चीन दोस्रो स्थानमा

एजेन्सी । चीनमा ७ प्रतिशतभन्दा बढीको रक्षा बजेट वृद्धि भएको छ । चीनले आफ्नो रक्षा बजेटमा भएको वृद्धिलाई उचित भएको बताएको हो । चिनियाँ सेनाका प्रवक्ता वु कियानले बृद्धि भएको बजेटलाई समर्थन गरेका हुन ।

चीनमा धेरै खर्चहरू छुट्टै बजेटमा समावेश भएकाले विज्ञहरूले चीनको कुल रक्षा बजेट ४० प्रतिशत वा योभन्दा धेरै हुन सक्ने बताउँदै आएका छन् । बढ्दो रक्षा बजेटको समर्थनमा चीनका अधिकारीहरुले धारणा व्यक्त गरिरहेका छन् ।

चीनले केही दशकदेखि आफ्नो रक्षा क्षमता बढाउने प्रयास गरिरहेको छ र अर्थतन्त्रको विस्तारबाट प्राप्त रकम यसका लागि प्रयोग गरिरहेको बीबीसीले जनाएको छ ।

यसै हप्ता चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक बैठकमा यस वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत वा लगभग २ सय ४५ अर्ब डलर हुने घोषणा गरिएको थियो ।
यो अमेरिकाको सैन्य खर्चको एक तिहाइ हो र अमेरिका पछि, रक्षा खर्चको हिसाबले चीन दोस्रो स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.