भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सशस्त्र प्रहरी बलद्वारा २ सय ३५ केजी गाँजा बरामद

सशस्त्र प्रहरी बलद्वारा २ सय ३५ केजी गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरी बलले २ सय ३५ केजी गाँजासहित जिप नियन्त्रणमा लिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट उक्त गाँजासहित गाडी नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बलले गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा खेतमा गाडी फसेको र त्यसपछि चालक गाडी छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

सोही गाउँपालिकाको फुलचोकबाट दक्षिणमा पर्ने भारतीय सीमा इलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको जिपमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको हो । बोर्डर आउट पोष्ट (बिओपी) लौकही र सुरक्षा बेस भुटाहाको टोलीले गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.