भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

सशस्त्र प्रहरी बलद्वारा २ सय ३५ केजी गाँजा बरामद

सशस्त्र प्रहरी बलद्वारा २ सय ३५ केजी गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरी बलले २ सय ३५ केजी गाँजासहित जिप नियन्त्रणमा लिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट उक्त गाँजासहित गाडी नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बलले गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा खेतमा गाडी फसेको र त्यसपछि चालक गाडी छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

सोही गाउँपालिकाको फुलचोकबाट दक्षिणमा पर्ने भारतीय सीमा इलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको जिपमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको हो । बोर्डर आउट पोष्ट (बिओपी) लौकही र सुरक्षा बेस भुटाहाको टोलीले गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.