भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

क्यानडा, अष्ट्रेलिया तथा युरोप लैजाने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

क्यानडा, अष्ट्रेलिया तथा युरोप लैजाने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

काठमाडौं। विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचनाका आधारमा एक कलाकार पक्राउ परेका छन् ।
कलाकार भिसामा युरोप पठाउने कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर पक्राउ परेका हुन ।

विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको आरोपमा उनी पक्राउ परेको सीआईबीले जनाएको छ ।

पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद भएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार ४० वर्षीय इकुलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.