भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

क्यानडा, अष्ट्रेलिया तथा युरोप लैजाने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

क्यानडा, अष्ट्रेलिया तथा युरोप लैजाने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

काठमाडौं। विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचनाका आधारमा एक कलाकार पक्राउ परेका छन् ।
कलाकार भिसामा युरोप पठाउने कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर पक्राउ परेका हुन ।

विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको आरोपमा उनी पक्राउ परेको सीआईबीले जनाएको छ ।

पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद भएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार ४० वर्षीय इकुलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.