भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

विदेश पठाउने बहानामा ३०० भन्दा बढीलाई ठग्ने गिरोह पक्राउ

विदेश पठाउने बहानामा ३०० भन्दा बढीलाई ठग्ने गिरोह पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० जनाभन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नविन बिक छन् । पक्राउ परेकाहरुले विगत ३।४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको बताइएको छ ।

यस सम्बन्धमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनीहरुले नेपालमा काम दिने बहानामा केही एकाउन्टेन्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको छ ।

सामाजिक सञ्जालमा नक्कली खाता खोजेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.