भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

पश्चिम नवलपरासीमा दर्ता नभएका ६० भन्दा बढी औषधी पसल कारबाहीमा

पश्चिम नवलपरासीमा दर्ता नभएका ६० भन्दा बढी औषधी पसल कारबाहीमा

काठमाडौं । पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधी पसललाई प्रशासनले कारबाही गर्न थालेको छ। औषधी पसल दर्ताविनै सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गर्न थालेको हो।

अनुगमनका क्रममा सदरमुकामका दुई औषधी पसललाई जरिवाना गरिएको हो। जिल्लामा ६० भन्दा बढी औषधी पसल विनादर्ता सञ्चालनमा रहेको बताइएको छ। दर्ता भएर सञ्चालन भएका आधिकांश पसलले पनि अनुमति लिएको भन्दा फरक कारोबार गर्ने गरेका पाइएको अनुगमन टोलीले जनाएको छ।

अनुगमनमा क्रममा बुद्धचोकमा सञ्चालनमा रहेको समिता मेडिकल र सन मेडिकल हल नियमविपरीत सञ्चालन भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी बताए। फार्मेसी सञ्चालक उपस्थित नभई औषधी बिक्री गर्ने गरेको र बिलबिजक नराखेको समिता मेडिकललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

त्यस्तै पसलमा फार्मेसीसँग सम्बन्धित व्यक्ति रहे पनि एक वर्षदेखि विदेशमा रहेका व्यक्तिको फार्मेसी सञ्चालन अनुमतिपत्र राखेर औषधी बिक्री गर्नुका साथै पान नम्बर नराखी पसल सञ्चालन गरेको भन्दै सन मेडिकल हललाई दुई हजार रुपैयाँ जरिवाना गरिएको छ। यसअघि दर्ताबिना सञ्चालन गरिएको उक्त पसललाई अनुगमन टोलीले सिल गरेको थियो।

जिल्ला औषधी व्यवसायी संघका अनुसार जिल्लामा २१० औषधी पसल रहेकामा ६० विनादर्ता सञ्चालनमा रहेको जानकारी आएकाले क्रमशः अनुगमन गरेर कानूनी दायरामा ल्याइने स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा १५० औषधी पसल औषधी विभागमा दर्ता भएर सञ्चालनमा छन्। रासस

 

 


Thali Mobile Pvt.Ltd.