भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाजुराका ५७ वटा वडा अझै बिजुलीबाट वञ्चित

बाजुराका ५७ वटा वडा अझै बिजुलीबाट वञ्चित

काठमाडौं । बाजुराका ६९ मध्ये १२ वटा वडामा मात्र विद्युत् सेवा पुगेको छ। विद्युत् प्राधिकरणले साविकका २७ गाउँ विकास समितिका ६९ वडामध्ये साविकका चार गाउँ विकास समिति र हालका १२ वडामा मात्र विद्युत् सेवा विस्तार गरेको हो।

जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ स्थानीय तह छन् । तीन पालिकाका ६९ वडामध्ये १२ वडामा मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार भएको छ।

सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिका–६ वडा, बुढीगङ्गामा तीन वडा र खप्तड छेडेदह गाउँपालिकाका तीन वडामा मात्र विद्युत् सेवा विस्तार भएको प्राधिकरण वितरण केन्द्रका सूचना अधिकारी गुणराज भट्टले बताए।

सूचना अधिकारी भट्टका अनुसार बूढीगङ्गा नगरपालिका–१, २ र ३, बडिमालिका नगरपालिका–१, २, ३, ७, ८ र ९ मा मात्र लाइन विस्तार गरी सेवा प्रवाह भइरहेको छ। त्यसैगरी खप्तड छेडेदह गाउँपालिका–५ र ७ पूरै तथा वडा नं ६ का ५५ परिवारलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

बडिमालिका नगरपालिका साविकका मार्तडी र जुगाडा, बुढीगंगा नगरपालिकाको साविक ब्रह्मतोला गाविस र खप्तड छेडेदह गाउँपालिकाको साविक आटिचौर र डोगडीमा मात्र राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार गरिएको छ । जिल्लामा राष्ट्रिय प्रसारण लाइनका विद्युत् सेवाग्राही चार हजार चार सय ८३ ग्राहक रहेको तथ्यांक छ । सबैभन्दा कम ३३।५१ प्रतिशत विद्युतीकरण भएको राष्ट्रिय तथ्यांकमा उल्लेख छ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार बाजुरामा एक लाख ३८ हजार ९९८ जनसङ्ख्या छ। जिल्लामा २२ हजार ९२१ परिवार विद्युतको पहुँचमा रहेको जनाएको छ। त्यसैगरी चार हजार ३४२ परिवारले सौर्य ऊर्जा तथा सोलार र ६७ परिवारले मट्टितेल प्रयोग गर्ने गरेको जनगणनाको तथ्यांकमा उल्लेख छ। तथ्यांक अनुसार बिजुलीबाट खाना पकाउने १८ परिवार मात्र छ।

२५ हजार ७५१ परिवार अझै दाउरा प्रयोग गरिरहेका छन् भने दुई हजार परिवारले एलपिजी ग्यासबाट खाना पकाउने गरेको जनगणना २०७८ को तथ्याङ्कमा उल्लेख छ । रासस

 


Thali Mobile Pvt.Ltd.