भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको नयाँ प्रयास

कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको नयाँ प्रयास

मुख्य बुँदा 

कृत्रिम गन्ध प्रविधिबाट वन्यजन्तु नियन्त्रण प्रयास

बाघ–चितुवालाई बस्ती नजिक आउनबाट रोक्ने लक्ष्य

३० स्थानमा क्यामेरा र डिस्पेन्सर जडान

मानव र जनावर दुवैका लागि सुरक्षित प्रविधि

सफल भएमा क्षति र खर्च दुवै घट्ने अपेक्षा

तराई, २१ बैशाख । तराईका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ‘कृत्रिम गन्ध सङ्केत’ प्रविधिको परीक्षण शुरु गरिएको छ । बाघ र चितुवाजस्ता वन्यजन्तुलाई मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले यो प्रविधि प्रयोगमा ल्याइएको हो ।

तराई भूपरिधि तथा संरक्षण कार्यक्रम अन्तर्गत शुरु गरिएको यस प्रविधिले वन्यजन्तुको प्राकृतिक व्यवहारलाई आधार मानेर ‘अदृश्य सीमा’ निर्माण गर्ने लक्ष्य राखेको छ । कार्यक्रमका प्रबन्धक भरत भट्टका अनुसार बाघ र चितुवाले आफ्नो क्षेत्र निर्धारण गर्न गन्ध प्रयोग गर्ने स्वभावलाई अनुकरण गर्दै कृत्रिम गन्ध प्रयोग गरिएको हो ।

यसले जनावरलाई आफ्नो क्षेत्रमा अर्को प्रतिस्पर्धी आएको अनुभूति गराएर बस्ती नजिक आउनबाट रोक्ने काम गर्छ । अहिले ३० वटा रणनीतिक ठाउँमा क्यामेरा र विशेष ‘डिस्पेन्सर’ जडान गरी गन्ध फैलाउने व्यवस्था गरिएको छ ।

यी उपकरणले निश्चित अवधिसम्म गन्ध फैलाएर वन्यजन्तुलाई फर्कन बाध्य बनाउने छ । प्रयोग गरिएका गन्ध मानव र वन्यजन्तु दुवैका लागि सुरक्षित रहेको छ । पाँच वर्षे अनुसन्धान परियोजनाका रूपमा सञ्चालन गरिएको कार्यक्रमको मुख्य उद्देश्य वन्यजन्तुलाई मानव बस्तीबाट सुरक्षित दूरीमा राख्नु हो ।

‘टी’ आकारको पाइपमार्फत प्रयोग गरिने केमिकल एकपटक राख्दा झण्डै एक महिनासम्म प्रभावकारी हुन्छ । प्रविधि सफल भएमा वन्यजन्तुबाट हुने क्षति घट्नुका साथै तारबारजस्ता संरचनामा हुने खर्चसमेत कम हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.