भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

वर्षाको मारमा सूर्यविनायक–साँगा सडकः चिप्लो बाटो, जोखिम बढ्दै‘ एकतर्फी सवारी चलाउने ट्राफिकको उपाय

वर्षाको मारमा सूर्यविनायक–साँगा सडकः चिप्लो बाटो, जोखिम बढ्दै‘ एकतर्फी सवारी चलाउने ट्राफिकको उपाय

भक्तपुर । लगातारको वर्षाले अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–साँगा खण्ड फेरि एकपटक संकटमा परेको छ। सडक विस्तारको नाममा वर्षौंदेखि आधा अधुरा रुपमा बाँकी रहेको यो राजमार्ग अहिले हिलाम्मे, चिप्लो र यात्रुका लागि जोखिमपूर्ण बन्न पुगेको छ।

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको साँगासम्मको खण्डमा अहिले सवारी साधनलाई एकतर्फी मात्र सञ्चालन गर्न सकिने अवस्था आएको छ। जिल्ला ट्राफिक प्रहरी परिसर, भक्तपुरका अनुसार, वर्षाका कारण सडक सतह अत्यन्त चिप्लो बनेको र गाडी चिप्लिएर तल खस्ने सम्भावना बढेपछि यस्तो निर्णय गरिएको हो।

हाल काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र सिधा मार्ग प्रयोग गर्न दिइएको छ। भक्तपुरबाट काभ्रे जाने साना गाडीहरूलाई भने जगाति–च्याम्हसिं–ताथली–नाला हुँदै बनेपा जाने गरी डाइभर्ट गरिएको जिल्ला ट्राफिक कार्यालय भक्तपुरले जनाएको छ।

सडक अवस्था यति कमजोर बनेको छ कि ठूला मालवाहक गाडीहरू सल्लाघारी र जगातिमा रोकिएको प्रहरीको भनाइ छ। कसैको जीवन जोखिममा नपरोस् भनेर नै एकतर्फी नियम लागू गरिएको ट्राफिक कार्यालयले जनाएको छ । विगत केही वर्षदेखि यो खण्डमा छ लेनको सडक विस्तार भइ रहेको छ। तर निर्माणको गति सुस्त छ, व्यवस्थापन झनै कमजोर छ जब हल्का पानी पर्छ, साँगा खण्ड हिलाम्मे भएर यात्राका लागि नर्कजस्तो हुने स्थानीयवासीको गुनासो छ।

वर्षामा ढुंगा र माटो बगेर सडक सतह पुरिनु, निर्माण स्थलमा कुनै सुरक्षात्मक व्यवस्थापन नहुनु र साना गाडीहरु हिलोमा फसेर लड्ने, ठूला गाडीहरू उकालो चढ्न नसक्ने अवस्थाले सडकको गुणस्तर र कार्यसम्पादन दुबैप्रति प्रश्न उठाएका छन्। ट्राफिक प्रहरी कार्यालयले यात्रु र चालकहरूलाई अत्यावश्यक बाहेकको यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। ट्राफिक प्रहरीको भनाइमा, प्रत्येक वर्ष वर्षायाममा यो समस्या दोहोरिन्छ, तर समाधानका प्रयासहरू भने स्थायी रूपमा अघि बढ्न सकेका छैनन्।

सडकमा चिप्लोपनका कारण गाडीहरू सयौँ फिट तल खस्ने जोखिममा छन्। यस्ता घटनाहरूले मानव ज्यानको सुरक्षालाई गम्भीर खतरा पुर्‍याइरहेका छन्। अबको आवश्यकता छिटो निर्माण, स्थायी नाली व्यवस्थापन, र सुरक्षात्मक उपायहरू हुन, यात्रुले वर्षा भएसँगै डरको साथ यात्रा गर्नुपर्ने दिन फेरि नफर्कने छैनन्।

 

 


Thali Mobile Pvt.Ltd.