भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाँसबारी जग्गा हिनामिना प्रकरणका अरुण चौधरीमाथि अनुसन्धान गहिरियो

बाँसबारी जग्गा हिनामिना प्रकरणका अरुण चौधरीमाथि अनुसन्धान गहिरियो

काठमाडौं। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसँग बयान लिन थालिएको छ । सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरूले बयान गहिरिएर लिएको बुझिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तरगत नै बयान लिन थालिएको जानकारी दिए । उनले चार दिन म्याद थप भएकाले त्यही म्याद भित्र रहेर अनुसन्धान भइरहेको बताए ।

बयानका क्रममा चौधरीले आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएको एक अनुसन्धान अधिकृतले बताए । सिआइबीले तीन महिनाको अनुसन्धान पछि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीलगायत तीन जनालाई माघ १८ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान अधिकृतले क्रमैसँग बयान लिने छन् । प्रहरीले अनुसन्धान नगरिकन व्यावसायिक घरानालाई पक्राउ गरियो भन्ने कुराहरू आएकोले लामो समयको अनुसन्धान पछि नै पक्राउ गरिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्यले बताए ।

 


Thali Mobile Pvt.Ltd.