भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

“आशापुरी फिड : कुखुरापालनको क्षेत्रमा देशकै प्रेरणादायी नमुना”

“आशापुरी फिड : कुखुरापालनको क्षेत्रमा देशकै प्रेरणादायी नमुना”

भक्तपुर, ६ जेठ, कृषला प्रजापति । कृषि र पशुपालन क्षेत्रमा नवीनतम प्रविधि र व्यवस्थापनमार्फत उदाहरणीय सफलता हासिल गर्न सफल भएको आशापुरी फिड हाल देशको कुखुरापालन व्यवसायको एक नमुना केन्द्रको रूपमा स्थापित हुँदै गएको छ।

नारायण हरि खत्रीको नेतृत्वमा सञ्चालित यस व्यवसायले प्रारम्भमा १००० कुखुराबाट सुरु गरेर आजसम्म झण्डै ८० देखि ९० हजार कुखुरा व्यवस्थापन गर्ने क्षमतासमेत हासिल गरिसकेको छ ।

भक्तपुरबाट सुरु भएको आशापुरी फिडको व्यावसायिक विस्तार हेटौंडा लगायत देशका विभिन्न भागमा भइसकेको छ। विशेषता के हो भने, आशापुरी फिडले आफ्नै ह्याचरी स्थापना गरेर उच्च गुणस्तरका चल्ला उत्पादन गर्ने कार्यमा आत्मनिर्भरता हासिल गरेको छ।

यस्तै, स्वनिर्मित दाना (चाराे) कारखाना समेत सञ्चालनमा ल्याएकोले कुखुराको स्वास्थ्य र उत्पादन गुणस्तरमा प्रत्यक्ष नियन्त्रण राख्न सफल भएको छ। देशमा बढ्दो मासु र अण्डाको माग सन्तुलन गर्न आशापुरी फिडले आफ्नो उत्पादन प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र दिगो बनाउँदै लगेको छ।

यस व्यवसायले केवल आर्थिक फाइदामात्र होइन, कृषि–आधारित व्यवसाय कसरी दिगो, उत्पादनमुखी र रोजगारमुखी हुन सक्छ भन्ने उदाहरणसमेत पेश गरेको छ। यही कारणले आशापुरी फिड अन्य कुखुरा व्यवसायीहरूका लागि प्रेरणादायी ‘मोडेल’ बन्न पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.