भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

“आशापुरी फिड : कुखुरापालनको क्षेत्रमा देशकै प्रेरणादायी नमुना”

“आशापुरी फिड : कुखुरापालनको क्षेत्रमा देशकै प्रेरणादायी नमुना”

भक्तपुर, ६ जेठ, कृषला प्रजापति । कृषि र पशुपालन क्षेत्रमा नवीनतम प्रविधि र व्यवस्थापनमार्फत उदाहरणीय सफलता हासिल गर्न सफल भएको आशापुरी फिड हाल देशको कुखुरापालन व्यवसायको एक नमुना केन्द्रको रूपमा स्थापित हुँदै गएको छ।

नारायण हरि खत्रीको नेतृत्वमा सञ्चालित यस व्यवसायले प्रारम्भमा १००० कुखुराबाट सुरु गरेर आजसम्म झण्डै ८० देखि ९० हजार कुखुरा व्यवस्थापन गर्ने क्षमतासमेत हासिल गरिसकेको छ ।

भक्तपुरबाट सुरु भएको आशापुरी फिडको व्यावसायिक विस्तार हेटौंडा लगायत देशका विभिन्न भागमा भइसकेको छ। विशेषता के हो भने, आशापुरी फिडले आफ्नै ह्याचरी स्थापना गरेर उच्च गुणस्तरका चल्ला उत्पादन गर्ने कार्यमा आत्मनिर्भरता हासिल गरेको छ।

यस्तै, स्वनिर्मित दाना (चाराे) कारखाना समेत सञ्चालनमा ल्याएकोले कुखुराको स्वास्थ्य र उत्पादन गुणस्तरमा प्रत्यक्ष नियन्त्रण राख्न सफल भएको छ। देशमा बढ्दो मासु र अण्डाको माग सन्तुलन गर्न आशापुरी फिडले आफ्नो उत्पादन प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र दिगो बनाउँदै लगेको छ।

यस व्यवसायले केवल आर्थिक फाइदामात्र होइन, कृषि–आधारित व्यवसाय कसरी दिगो, उत्पादनमुखी र रोजगारमुखी हुन सक्छ भन्ने उदाहरणसमेत पेश गरेको छ। यही कारणले आशापुरी फिड अन्य कुखुरा व्यवसायीहरूका लागि प्रेरणादायी ‘मोडेल’ बन्न पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.