भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सिरहा–३ का जसपा उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा–३ का जसपा उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा, २० फागुन । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा सिरहा क्षेत्र नं. ३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौन अवधिका बेला नगदसहित फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त सुरक्षा जाँचका क्रममा रोकिएको थियो । जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको र त्यसपछि अशेश्वर यादव पक्राउ गरिएको स्रोतले जनाएको छ ।

प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ । घटनापछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । थप कानुनी प्रक्रिया अघि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी पनि पक्राउ परेका थिए । निर्वाचनको मुखैमा भएका यी घटनाले राजनीतिक वृत्तमा चासो बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.