भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिरहा–३ का जसपा उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा–३ का जसपा उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा, २० फागुन । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा सिरहा क्षेत्र नं. ३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौन अवधिका बेला नगदसहित फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त सुरक्षा जाँचका क्रममा रोकिएको थियो । जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको र त्यसपछि अशेश्वर यादव पक्राउ गरिएको स्रोतले जनाएको छ ।

प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ । घटनापछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । थप कानुनी प्रक्रिया अघि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी पनि पक्राउ परेका थिए । निर्वाचनको मुखैमा भएका यी घटनाले राजनीतिक वृत्तमा चासो बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.