भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

वीरगञ्ज, २० फागुन । पर्सा क्षेत्र नं. २ का नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । नियमित सुरक्षा जाँचका क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतका अनुसार बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर जाँच गर्दा चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार गाडीबाट केही शंकास्पद वस्तु पनि फेला परेको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा थप निगरानी बढाइएको र घेराबन्दी गरिएको जनाइएको छ ।

मनोज चौधरी पक्राउ प्रकरणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ ।

यसैबीच प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन् । मौन अवधिमा नगदसहित भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.