भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

वीरगञ्ज, २० फागुन । पर्सा क्षेत्र नं. २ का नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । नियमित सुरक्षा जाँचका क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतका अनुसार बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर जाँच गर्दा चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार गाडीबाट केही शंकास्पद वस्तु पनि फेला परेको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा थप निगरानी बढाइएको र घेराबन्दी गरिएको जनाइएको छ ।

मनोज चौधरी पक्राउ प्रकरणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ ।

यसैबीच प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन् । मौन अवधिमा नगदसहित भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.