भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

बोकेर अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी महिला र बच्चाको मृत्यु

बोकेर अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी महिला र बच्चाको मृत्यु

बझाङ । अस्पताल लैजाने क्रममा गर्भवती महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ । केदास्युँ गाउँपालिका–१ की २१ वर्षीया सविता बोहराको मृत्यु भएको हो ।स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा सोमबार बाटोमै नवजात शिशुलाई जन्म दिएकी थिइन् ।

शिशु जन्मिएपछि अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए । शिशुको पनि केही समयपछि मृत्यु भएको थियो ।

बझाङ, बाजुरा, अछाम लगायत जिल्लाका दुर्गभ भेगमा समयमै प्रसुती महिलालाई स्वास्थ्य संस्थासम्म पुगाउन नसक्दा बर्सेनि अकालमै ज्यान गुमाउनुपर्ने नियति भोग्नु परेको छ ।

 


Thali Mobile Pvt.Ltd.