भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लेबनानमाथि आक्रमण गरे टर्कीको सेना इरायलमाथि जाइलाग्ने

लेबनानमाथि आक्रमण गरे टर्कीको सेना इरायलमाथि जाइलाग्ने

एजेन्सी । मध्यपूर्वी एसिया खतरनाक युद्धतर्फ धकेलेको छ। गोलान हाइट्समा १२ बालबालिकाको ज्यान जाने गरी भएको आक्रमणले युद्धतर्फ धकेलेको हो ।

अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू तत्काल भ्रमण छोट्याएर इजरायल फर्किएका छन्। उनले हेजबुल्लाहसँग बदला लिने चेतावनी दिएका छन्।

शनिबार गोलान हाइट्समा फुटबल खेलिरहेका बालबालिकामाथि भएको रकेट आक्रमणमा लेबनानको हेजबुल्लाह समूहको संलग्नता रहेको आरोप इजरायलले लगाएको छ।

योसँगै मध्यपूर्वका अरु देशसमेत सशंकित भएका छन्। टर्कीले इजरायलले लेबनानमा आक्रमण गरे आफ्नो सेना नरोकिने चेतावनी दिएको छ। टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले एक टेलिभिजन सम्बोधनमा विगतमा आफ्नो सेनाले लिबियामा समेत हस्तक्षेप गरेको स्मरण गर्दै इजरायलविरुद्ध पनि जाने चेतावनी दिए।

इजरायलको वार क्याबिनेट बैठकले हेजबुल्लाह समूहलाई जवाफ दिने निर्णय गरिसकेको छ। गाजामा आक्रमण सुरु भएदेखि नै हेजबुल्लाह र इजरायलबीच विवाद बढ्दै गएकोमा यसपटकको घटनाले युद्धलाई थप अनुमोदन गरिदिएको बीबीसीले उल्लेख गरेको छ।

इजरायली विदेशमन्त्री इजरायल काट्जले एर्दोगान सद्धाम हुसेनको बाटोमा हिँड्न लागेको भन्दै सद्धाम हुसेनको अवस्था के भयो भन्ने थाहा पाउन चेतावनी दिए।

 


Thali Mobile Pvt.Ltd.