एजेन्सी । मध्यपूर्वी एसिया खतरनाक युद्धतर्फ धकेलेको छ। गोलान हाइट्समा १२ बालबालिकाको ज्यान जाने गरी भएको आक्रमणले युद्धतर्फ धकेलेको हो ।
अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू तत्काल भ्रमण छोट्याएर इजरायल फर्किएका छन्। उनले हेजबुल्लाहसँग बदला लिने चेतावनी दिएका छन्।
शनिबार गोलान हाइट्समा फुटबल खेलिरहेका बालबालिकामाथि भएको रकेट आक्रमणमा लेबनानको हेजबुल्लाह समूहको संलग्नता रहेको आरोप इजरायलले लगाएको छ।
योसँगै मध्यपूर्वका अरु देशसमेत सशंकित भएका छन्। टर्कीले इजरायलले लेबनानमा आक्रमण गरे आफ्नो सेना नरोकिने चेतावनी दिएको छ। टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले एक टेलिभिजन सम्बोधनमा विगतमा आफ्नो सेनाले लिबियामा समेत हस्तक्षेप गरेको स्मरण गर्दै इजरायलविरुद्ध पनि जाने चेतावनी दिए।
इजरायलको वार क्याबिनेट बैठकले हेजबुल्लाह समूहलाई जवाफ दिने निर्णय गरिसकेको छ। गाजामा आक्रमण सुरु भएदेखि नै हेजबुल्लाह र इजरायलबीच विवाद बढ्दै गएकोमा यसपटकको घटनाले युद्धलाई थप अनुमोदन गरिदिएको बीबीसीले उल्लेख गरेको छ।
इजरायली विदेशमन्त्री इजरायल काट्जले एर्दोगान सद्धाम हुसेनको बाटोमा हिँड्न लागेको भन्दै सद्धाम हुसेनको अवस्था के भयो भन्ने थाहा पाउन चेतावनी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, १ जेठ । टर्कीको इस्तानबुलमा हुने भनिएको युक्रेन शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । क्रेमलिनले जारी गरेको प्रतिनिधि मण्डलको सूचीमा पुटिनको नाम समावेश...
रियाद, ३१ बैशाख । अमेरिका र साउदी अरबबीच एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणका अवसरमा भएको...
एजेन्सी, ३० बैशाख । म्यानमारमा सेना द्वारा सत्तामा रहेको ‘जुन्टा’ को हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये २० जना बालबालिका र २ जना शिक्षक...
एजेन्सी, २९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसलाई युद्ध अन्त्य गर्न छलफलका लागि बैठक गर्न आह्वान गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा लेखेका...