भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

अस्ट्रेलियामा हरेक वर्ष सात लाख टन भन्दा धेरै खाना खेर फाल्ने गरिएको प्रतिवेदन सार्वजनिक

अस्ट्रेलियामा हरेक वर्ष सात लाख टन भन्दा धेरै खाना खेर फाल्ने गरिएको प्रतिवेदन सार्वजनिक

काठमाडौैंं । अस्ट्रेलियामा हरेक वर्ष सात लाख टन भन्दा धेरै खाद्यान्न खेर फाल्ने गरिएकोे एक अध्ययन प्रतिवेदनले देखाएको छ । इन्ड फुड वेस्ट अस्ट्रेलिया (इएफडब्लुए)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अस्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलर बराबरको खाना खेर फाल्ने गरेका छन् ।

अस्ट्रेलियामा रहेको इएफडब्लुएका प्रमुख कार्यकारी स्टिभन लापिजले अस्ट्रेलियामा ३७ लाख घरपरिवार खानाकै लागि सङ्घर्ष गरिरहेको अवस्थामा खाद्यान्न खेर फालिनु चिन्ताको विषय रहेको बताए । अस्ट्रेलियालीहरूले हरेक वर्ष बर्बाद गर्ने खानाको संयुक्त मूल्य ३६ अर्ब ६० करोड अस्ट्रेलियाली डलर अर्थात् (२४ अर्ब ३० करोड अमेरिकी डलर) रहेको प्रतिवेदनले अनुमान गरेको छ ।

इएफडब्लुएका प्रमुख लापिजले सन् २०३० सम्ममा खाद्यान्नको बर्बादीलाई आधा गर्ने योजना रहेको पनि बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.