भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

त्रिशुली अस्पतालमा सिटी स्क्यान सेवा सुरु, बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यतको अन्त्य

त्रिशुली अस्पतालमा सिटी स्क्यान सेवा सुरु, बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यतको अन्त्य

त्रिशुली । त्रिशुली अस्पतालको ६० औं बार्षिकउत्सव अवसरमा सिटी स्क्यान सेवा उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिँह लामा र प्रदेश स्वास्थ्यमन्त्री किरण थापा को उपस्थितिमा शुक्रबार त्रिशुली अस्पतालमा सिटी स्क्यान मेसिन उद्घाटन गरिएको हो ।

Trishuli Hospital

त्रिशुली अस्पताल नुवाकोटमा सिटी स्क्यान सेवा सुरु भएपछि यहाँका स्थानीयले खुशी व्यक्त गरेका छन् । जिल्लामा सिटी स्क्यान सेवा सञ्चालन नहुँदा बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यता भएपनि सेवाको सुरुवातपछि उक्त बाध्यताको अन्त्य भएको स्थानीयको भनाई छ ।Trishuli Hospital

उक्त सेवाको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रदेश सरकार अस्पताल विकासमा सक्दो सहयोग प्रदान गर्ने बताए ।

Trishuli Hospital

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेशका जनतालाई आभास हुने गरि आफूले कार्यसम्पादन गर्ने बताउँदै जनताको सेवालाई प्राथमितामा राखेको बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई अझ विकासको मूल प्रवाहमा ल्याउने तर्क गरे ।

Trishuli Hospital

जनताको आकांक्षालाई पुरा गर्न आफूले स्वास्थ्यमन्त्रीको हैसियतले कडा मेहनत गर्ने र सुविधा सम्पन्न अस्पताल बनाउन पहल गर्ने जानकारी दिए ।

शरीरको भित्री अङ्गका रोग तथा चोटपटक थाहा पाउन अतिनै महत्वपूर्ण मानिने सिटी स्क्यान उपकरणले मस्तिष्क, टाउको, घाटी, छाती, पेट, आन्द्रा, नशा लगायत शरीरको भित्र अङ्गका रोगको पहिचानको लागी सहज हुने अस्पताल निर्देशक डा राजेन्द्र लामा बताए ।कार्यक्रममा पुस्तक बिमोचन तथा सम्मान पनि गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.