भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने

अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने

काठमाडौँ, २९ असार । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड (Digital Passenger Card) लागू गर्ने घोषणा गरेको छ। यससँगै विमानस्थलमा प्रयोग हुँदै आएको कागजी यात्रु कार्डको व्यवस्था क्रमशः हटाइनेछ।

अष्ट्रेलियाका गृह मामिलामन्त्री टोनी बर्कका अनुसार विमानस्थलको यात्रु व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण गर्न सरकारले आगामी चार वर्षमा ५ करोड ६१ लाख अष्ट्रेलियाली डलर लगानी गर्नेछ। उक्त योजनाअन्तर्गत देशभर डिजिटल यात्रु कार्ड प्रणाली लागू गरिनेछ।

यो निर्णय ‘अष्ट्रेलिया ट्राभलर डिक्लेरेसन’ (Australia Traveller Declaration) प्रणालीको सफल परीक्षणपछि गरिएको हो। सन् २०२४ को अक्टोबरदेखि सिड्नी, मेलबर्न र ब्रिस्बेनमा अवतरण गर्ने केही क्वान्टास उडानमा कागजी यात्रु कार्डको विकल्पका रूपमा यसको परीक्षण गरिएको थियो।

सरकारद्वारा जारी संयुक्त विज्ञप्तिअनुसार हालसम्म ४ लाख ५० हजारभन्दा बढी यात्रुले डिजिटल प्रणाली प्रयोग गरिसकेका छन् र परीक्षण सफल भएको छ। सरकारका अनुसार सन् २०२६ को अन्त्यसम्म पर्थ र एडिलेड पुग्ने क्वान्टास उडानमा पनि यो प्रणाली विस्तार गरिनेछ। त्यसपछि सबै अन्तर्राष्ट्रिय विमानस्थल तथा समुद्री बन्दरगाहमा क्रमशः डिजिटल यात्रु कार्ड लागू गरिने योजना रहेको छ।

नयाँ प्रणालीमार्फत यात्रुले यात्रा सुरु हुनुभन्दा तीन दिनअघि नै आफ्नो व्यक्तिगत विवरण तथा भन्सारसम्बन्धी आवश्यक घोषणा अनलाइनमार्फत भर्न सक्नेछन्। यसले विमानस्थलमा पुगेर कागजी फाराम भर्नुपर्ने झन्झट हट्ने सरकारको विश्वास छ।

व्यापार तथा पर्यटनमन्त्री डन फारेलले यसले अष्ट्रेलियालाई अझ सहज, सुरक्षित र आकर्षक पर्यटन गन्तव्य बनाउन मद्दत पुग्ने बताए। साथै, सन् २०३२ मा ब्रिस्बेनमा आयोजना हुने ओलम्पिक तथा प्यारालम्पिक खेलका क्रममा बढ्ने अन्तर्राष्ट्रिय यात्रुको व्यवस्थापनमा पनि यो प्रणाली उपयोगी हुने सरकारको अपेक्षा छ।

 


Thali Mobile Pvt.Ltd.