भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव

एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव

मुख्य बुँदा

पछिल्लो एक सातामा आत्मदाहको प्रयास गरेका तीन जनाको उपचारका क्रममा मृत्यु।

बुद्धनगरका आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डलको निधन।

दुई जनाको वीर अस्पताल र एक जनाको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु।

देशभर वार्षिक हजारौँ जलनका बिरामी उपचारका लागि पुग्ने तथ्यांक।

जलन उपचारमा विशेषज्ञ चिकित्सकको अभावले सेवा प्रभावित।

काठमाडौं, ३० असार । पछिल्लो एक सातामा आत्मदाहको प्रयास गरेका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुई जनाको वीर अस्पताल र एक जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

मृत्यु हुनेमा काठमाडौंको बुद्धनगरका ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डल रहेका छन्। आश्विन राउतले आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गरेका थिए। गम्भीर अवस्थामा प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो। शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेका राउतको सघन उपचारका क्रममा गत शनिबार निधन भएको थियो।

यस्तै, गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो।

सर्लाहीका विवेक मण्डललाई गम्भीर जलनपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उपचारकै क्रममा राति करिब २ बजे उनको निधन भएको हो।

यसैबीच, स्वास्थ्य सेवा विभागअन्तर्गतको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका अनुसार देशभरका स्वास्थ्य संस्थामा ३७ हजार ४३८ जना जलनका बिरामी उपचारका लागि पुगेका छन्।

तर, जलन उपचारमा आवश्यक प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जन, जलन विशेषज्ञ, जनरल सर्जन र फिजियोथेरापिस्टको अभाव रहेको सरोकारवालाले बताएका छन्। विशेषज्ञ चिकित्सकको कमीले गुणस्तरीय उपचार सेवा विस्तारमा चुनौती थपिएको छ।

 


Thali Mobile Pvt.Ltd.