भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपाल पत्रकार महासंघ भक्तपुरका पदाधिकारीलाई बधाई तथा सम्मान

नेपाल पत्रकार महासंघ भक्तपुरका पदाधिकारीलाई बधाई तथा सम्मान

भक्तपुर । समाज रुपान्तरणमा पत्रकारहरुको महत्वपूर्ण भुमिका हुने भन्दै नवनिर्वाचित नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका पदाधिकारी तथा पार्सदहरुलाई शुभकामना तथा बधाई दिने कार्यक्रम सम्पन्न भएको छ ।

आज सल्लाघारी भक्तपुरस्थित नेवा ननीमा ङातापोल एक्स्प्रेस दैनिकले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक माधवप्रसाद बुढाथोकी, वरिष्ठ पत्रकार विश्वबहादुर दुवाल,

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीमैया धौबन्जा, उपत्यका प्रदेशका कोषाध्यक्ष सन्जिब घिमिरे शुभचिन्तक, ङातापोल एक्सप्रेस दैनिकका सम्पादक विज्ञेन्द्र ध्वंजू र नेपाल पत्रकार महासंघ भक्तपुरका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न सम्मान एवं बधाई कार्यक्रममा बोल्ने वक्ताहरुले

निष्पक्ष पत्रकारीतामा जोड दिएका थिए । समाजमा जागरण ल्याउन पत्रकारीता जगतको ठूलो हात रहेको जिकिर गर्दै उनीहरुले सत्य तथ्य र खोजमुलक पत्रकारीता आजको आवश्यक्ता भएको औल्याए । सही सूचनामार्फत समाजलाई सुसूचित बताउने हात पत्रकारको भन्दै अहिले प्रिन्ट मिडायमा केही समस्या रहेको जिकिर गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.