भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

नेपाल पत्रकार महासंघ भक्तपुरका पदाधिकारीलाई बधाई तथा सम्मान

नेपाल पत्रकार महासंघ भक्तपुरका पदाधिकारीलाई बधाई तथा सम्मान

भक्तपुर । समाज रुपान्तरणमा पत्रकारहरुको महत्वपूर्ण भुमिका हुने भन्दै नवनिर्वाचित नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका पदाधिकारी तथा पार्सदहरुलाई शुभकामना तथा बधाई दिने कार्यक्रम सम्पन्न भएको छ ।

आज सल्लाघारी भक्तपुरस्थित नेवा ननीमा ङातापोल एक्स्प्रेस दैनिकले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक माधवप्रसाद बुढाथोकी, वरिष्ठ पत्रकार विश्वबहादुर दुवाल,

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीमैया धौबन्जा, उपत्यका प्रदेशका कोषाध्यक्ष सन्जिब घिमिरे शुभचिन्तक, ङातापोल एक्सप्रेस दैनिकका सम्पादक विज्ञेन्द्र ध्वंजू र नेपाल पत्रकार महासंघ भक्तपुरका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न सम्मान एवं बधाई कार्यक्रममा बोल्ने वक्ताहरुले

निष्पक्ष पत्रकारीतामा जोड दिएका थिए । समाजमा जागरण ल्याउन पत्रकारीता जगतको ठूलो हात रहेको जिकिर गर्दै उनीहरुले सत्य तथ्य र खोजमुलक पत्रकारीता आजको आवश्यक्ता भएको औल्याए । सही सूचनामार्फत समाजलाई सुसूचित बताउने हात पत्रकारको भन्दै अहिले प्रिन्ट मिडायमा केही समस्या रहेको जिकिर गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.