भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

बाढी पहिरोबाट २४६ जनाको मृत्यु

बाढी पहिरोबाट २४६ जनाको मृत्यु

काठमाडौं । बाढी पहिरोबाट हालसम्म २४६ जनाको मृत्यु भएको छ । अघिल्लो हप्ताको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ४६ जना पुगेको प्रहरीले जनाएको छ ।

१८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै एक सय ७८ जना घाइते भएका छन् । पहिरोमा परी पाँच वटा जिल्लामा धेरै जनाको ज्यान गएको छ । जसमध्ये काभ्रेमा सबैभन्दा धेरै ७८ जना, ललितपुरमा ४६, धादिङमा ३९, काठमाडौंमा १९, सिन्धुपाल्चोकमा १० जना, भक्तपुरमा ५ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.