भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

हिउँदयाममा जाडो कम, वर्षा बढी

हिउँदयाममा जाडो कम, वर्षा बढी

काठमाडौं । यस वर्षको विगतको भन्दा हिउँदयाम न्यानो हुने र वर्षा पनि धेरै भूभागमा बढी हुने सम्भावना छ । ऋतुगत जलवायु आँकलन सार्वजनिक गर्दै जल तथा मौसम विज्ञान विभागले सो जानकारी दिएको हो । अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ ।

अधिकतम तापक्रम दिउँसोमा र न्यूनतम तापक्रम रातिको समयमा मापन गरिन्छ ।बागमती प्रदेशको मध्य तथा दक्षिणी भूभाग, मधेश प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भूभाग, लुम्बिनी प्रदेशको मध्य तथा पूर्वी भूभाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भूभागभा सदरभन्दा बढी गर्मी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ ।

कोशी प्रदेशका मध्य भूभाग, मधेश प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका उत्तरी भूभागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना भने ३५ देखि ४५ प्रतिशत छ । बाँकी भूभागमा भने सदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

 


Thali Mobile Pvt.Ltd.