भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

बाढी र पहिरोले मुलुकभरकाे जनजीवन प्रभावित, ८३ जनाको मृत्यु, १०६ घाइते पाँच जना बेपत्ता

बाढी र पहिरोले मुलुकभरकाे जनजीवन प्रभावित, ८३ जनाको मृत्यु, १०६ घाइते पाँच जना बेपत्ता

काठमाडौं । लगातारको वर्षाले बाढी र पहिरोमा परी ८३ जनाको मृत्यु छ भने १०६ जना घाइते भएका छन् । वर्षाका कारण मुलुकभरको जनजीवन अस्तव्यत भएको छ । पहिरो, बाढीलगायतका विपद् सम्बन्धी घटनामा यो समाचार तयार पार्दासम्म ८३ जनाको मृत्यु भएको छ ।असार १० देखि आज बिहानसम्म देशका विभिन्न स्थानमा भएका यस्ता घटनामा ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ ।

यस अवधिमा बाढी र पहिरोमा परी एक सय ६ जना घाइते भएको र तीन महिला र दुई पुरुषसहित पाँच जना बेपत्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका रहेका छन् । यस अवधिमा ३ सय ८४ गाईवस्तुको मृत्यु भएको छ । बाढी र पहिरोका कारण १३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए । आठ सय ५८ परिवार विस्थापित भएका छन् ।

विपद्बाट प्रभावित व्यक्तिको उद्धारका लागि हालसम्म ५ हजार ४ सय २८ प्रहरी परिचालन गरिएको छ । पहिरोले एक विद्यालय र दुईवटा सरकारी कार्यालय भवनमा क्षति पुगेको छ । ४१ वटा पुलहरु बगेका छन् । त्यसैगरी १ सय ६१ घर डुबानमा परेका छन् भने १ सय १६ रोपनी जग्गा भग्नावशेषले पुरिएको छ । देशभर एक हजार २८ विपद् सम्बन्धी घटनामा दुई हजार ९ सय ५४ परिवार विस्थापित भएका छन् । यी घटनाबाट रु १० करोड ७० लाख ४० हजार बराबरको क्षति भएको तथाङ्क प्रहरीले निकालेको छ ।

 


Thali Mobile Pvt.Ltd.