भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाढी र पहिरोले मुलुकभरकाे जनजीवन प्रभावित, ८३ जनाको मृत्यु, १०६ घाइते पाँच जना बेपत्ता

बाढी र पहिरोले मुलुकभरकाे जनजीवन प्रभावित, ८३ जनाको मृत्यु, १०६ घाइते पाँच जना बेपत्ता

काठमाडौं । लगातारको वर्षाले बाढी र पहिरोमा परी ८३ जनाको मृत्यु छ भने १०६ जना घाइते भएका छन् । वर्षाका कारण मुलुकभरको जनजीवन अस्तव्यत भएको छ । पहिरो, बाढीलगायतका विपद् सम्बन्धी घटनामा यो समाचार तयार पार्दासम्म ८३ जनाको मृत्यु भएको छ ।असार १० देखि आज बिहानसम्म देशका विभिन्न स्थानमा भएका यस्ता घटनामा ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ ।

यस अवधिमा बाढी र पहिरोमा परी एक सय ६ जना घाइते भएको र तीन महिला र दुई पुरुषसहित पाँच जना बेपत्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका रहेका छन् । यस अवधिमा ३ सय ८४ गाईवस्तुको मृत्यु भएको छ । बाढी र पहिरोका कारण १३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए । आठ सय ५८ परिवार विस्थापित भएका छन् ।

विपद्बाट प्रभावित व्यक्तिको उद्धारका लागि हालसम्म ५ हजार ४ सय २८ प्रहरी परिचालन गरिएको छ । पहिरोले एक विद्यालय र दुईवटा सरकारी कार्यालय भवनमा क्षति पुगेको छ । ४१ वटा पुलहरु बगेका छन् । त्यसैगरी १ सय ६१ घर डुबानमा परेका छन् भने १ सय १६ रोपनी जग्गा भग्नावशेषले पुरिएको छ । देशभर एक हजार २८ विपद् सम्बन्धी घटनामा दुई हजार ९ सय ५४ परिवार विस्थापित भएका छन् । यी घटनाबाट रु १० करोड ७० लाख ४० हजार बराबरको क्षति भएको तथाङ्क प्रहरीले निकालेको छ ।

 


Thali Mobile Pvt.Ltd.