भर्खरै : Sorry, your browser does not support inline SVG.

मन्त्रीको भाग माग्दै देउवा निवास पुगे प्रकाशमान, देउवालाई सभापति जिताएकाे स्मरण गराए

मन्त्रीको भाग माग्दै देउवा निवास पुगे प्रकाशमान, देउवालाई सभापति जिताएकाे स्मरण गराए

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीबारे एमाले र कांग्रैस आन्तरिक छलफलमा जुटेका छन् । संविधान संसोधनको एजेण्डा लिएर बन्न लागेको नयाँ सरकारमा जाने मन्त्रीको छनोटमा रस्साकस्सी चलेको छ ।

कांग्रेसमा आकांक्षीहरुको लर्को लागेका बेला पूर्व महामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह मन्त्री भाग माग्दै सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । पत्नी सिर्जना सिंहसहित देउवा निवास पुगेका उनले ओली सरकारमा पार्टीको तर्फबाट आफुले नेतृत्व गरेर जाने अड्डी कसेका छन् । प्रकाशमान दम्पतीले करिब २५ मिनेट गोप्य भेट गरेको स्रोतको दावी छ ।

पार्टीको १४ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन गरेको त्यागको स्मरण गराउँदै नेता सिंह यसपटक कांग्रेसबाट सरकारको नेतृत्व गरेर जाने इच्छा प्रकट गरेको बताइन्छ । १७ असारमा कांग्रेस र एमाले बीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको थियो ।

 


Thali Mobile Pvt.Ltd.