भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मन्त्रीको भाग माग्दै देउवा निवास पुगे प्रकाशमान, देउवालाई सभापति जिताएकाे स्मरण गराए

मन्त्रीको भाग माग्दै देउवा निवास पुगे प्रकाशमान, देउवालाई सभापति जिताएकाे स्मरण गराए

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीबारे एमाले र कांग्रैस आन्तरिक छलफलमा जुटेका छन् । संविधान संसोधनको एजेण्डा लिएर बन्न लागेको नयाँ सरकारमा जाने मन्त्रीको छनोटमा रस्साकस्सी चलेको छ ।

कांग्रेसमा आकांक्षीहरुको लर्को लागेका बेला पूर्व महामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह मन्त्री भाग माग्दै सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । पत्नी सिर्जना सिंहसहित देउवा निवास पुगेका उनले ओली सरकारमा पार्टीको तर्फबाट आफुले नेतृत्व गरेर जाने अड्डी कसेका छन् । प्रकाशमान दम्पतीले करिब २५ मिनेट गोप्य भेट गरेको स्रोतको दावी छ ।

पार्टीको १४ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन गरेको त्यागको स्मरण गराउँदै नेता सिंह यसपटक कांग्रेसबाट सरकारको नेतृत्व गरेर जाने इच्छा प्रकट गरेको बताइन्छ । १७ असारमा कांग्रेस र एमाले बीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको थियो ।

 


Thali Mobile Pvt.Ltd.