भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बस्ती नदीमा पस्यो

बस्ती नदीमा पस्यो

काठमाडौं । गृहमन्त्रलायका सचिव दुवाडीले नदी बस्तीमा पसेका कारण काठमाडौंमा धेरै क्षति भएको ब्रिफिङ गरिरहेकाबेला नेताहरुले उनको ब्रिफिङमाथि औला उठाए । बैठकमा सहभागी नेताहरूले नदी बस्तीमा पसेको नभई बस्ती नदीमा पसेकोले संकट आएको भन्दै सरकारको कटाक्ष गरे । सडकका नाममा सरकारले नदी अतिक्रमण गरेर बस्ती बसाएपछि नदिले आफ्नो क्षेत्र ओगटेको सवाल उठाए ।

नदी र राजकुलो मिचेर भौतिक संरचना बनाउँदा सरकार किन रमिते बनेको ? भनेर प्रश्न गर्दै सरकारको अकर्मण्यताकै कारण अहिले धनजनको क्षेती भएको नेताहरुले जिकिर गरे । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले खोलालाई पुरानै अवस्थामा फर्काउने गरी नबढाए अहिलेको भन्दा झन भयावह अवस्था आउने चेतावनी दिए । सर्वोच्च अदालतले काठमाडौं उपत्यकामा नदीको मापदण्ड २० मिटर बढाउने गरी फैसला दिएको थियो ।

तर त्यो निर्णय अलपत्र किन पारियो भन्दै सरकारसमक्ष कड्किए । काठमाडौं महानगरपालिकाले कार्यान्वयन गर्न खोज्दा संघीय सरकार नै अवरोध गर्न उत्रिएको यथेष्ट प्रमाण पेश गरे । बैठकमा सहभाागी नेताहरूले सर्वोच्चको फैसलाअनुसारको मापदण्डबारे भने आफूलाई मौन राखे । सर्वोच्च अदालतले काठमाडौं उपत्यकामा नदीबाट थप २० मिटरभित्र संरचना निर्माण गर्न नपाउने गरी मापदण्ड बनाउन भनिसकेको छ। तर कार्यान्वयनका सवालमा स्थानीय सरकार र संघीय सरकार नदीका दुई किनार जस्तै भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.