भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

बागलुङ पहिरो अपडेटः थप एकजनाको शव फेला, दुई अझै बेपत्ता

बागलुङ पहिरो अपडेटः थप एकजनाको शव फेला, दुई अझै बेपत्ता

काठमाडौं । गएको मंगलबार बागलुङको बडिगाड गाउँपालिका–१०, आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एकजनाको शव फेला परेको छ । दुईजना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव बिहीबार बिहान फेला परेको हो ।

१० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । पहिरोले घर पुरिँदा उनीहरू बेपत्ता भएका हुन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरी बेपत्ताको खोजी भइरहेको प्रजिअ सुवेदीले बताए ।

पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी ६ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव मंगलबार नै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

अध्यक्ष अधिकारीका अनुसार, पहिरोमा परी घाइते भएका १० मध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरमार्फत उपचारका निम्ति काठमाडौं लगिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.